सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल हुँदै


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी अगुवाहरुको त्रिपक्षीय बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु र जेनजी अगुवालाई पहिलो पटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बुधबार दिउँसाे ४ बजे बैठक बाेलाएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताए। बैठकमा आगामी निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुने उनले बताए ।

बैठकमा जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवालाई निम्तो गरिएको बुझिएको छ । राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने भएकाे जनाइएकाे छ।