फ्रान्स ।
फ्रान्स सरकारले दिलिप गुरुङको नेतृत्वमा रहेको एनआरएनए (गैर आवासीय नेपाली संघ) फ्रान्सलाई आधिकारिक संगठनको रुपमा मान्यता प्रदान गरेको छ ।
फ्रान्सको सरकारी निकाय प्रिफेक्चर अथोरिटीले गुरुङ नेतृत्वको नेपाली संगठनलाई आधिकारिकता दिएको हो ।
आधिकारिकता पाएसँगै गुरुङले फ्रान्समा बस्ने नेपालीहरुका लागि यो एकताको सन्देश भएको र यसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेको बताउनु भएको छ ।
यसले स–सम्मान मिलेर बसेको नेपाली समाजमा राजनैतिक आड र निर्देशनमा फुट, बिखण्डन तथा भाडभैलो सिर्जना गरी आफ्नो राजनैतिक उद्देश्य पूरा गर्न खोज्नेहरुको स्वार्थको अन्त्य भएको पनि गुरुङको भनाई छ ।
२७ जुलाई २०२५ मा भएको संस्थाको ११ औं अधिवेशनले गुरुङलाई अध्यक्ष र महासचिवमा राजेन्द्र श्रेष्ठलाई चयन गरेको थियो । एनआरएनए फ्रान्समा आवद्ध ५७९ जनाले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेका थिए ।
सोही अनुरुप आधिकारिकता लागि फ्रान्सको सरकारी निकायमा पठाइएकोमा प्रिफेक्चर अथोरिटीले आधिकारिकता दिएको हो । यस अघि फ्रान्समा रहेका नेपाली बिभिन्न समूहमा बिभाजित रहेका थिए ।











प्रतिक्रिया