रामेछाप ।
रामेछापमा घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा शनिवार बारीको कान्लाबाट लडेकी रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापकी ७२ वर्षीय पोक्चीमाया मगर उपचारको क्रममा सोमबार निधन भएको हो ।
मगरको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि रामेछाप अस्पताल ल्याइएको थियो । रामेछाप अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार निधन भएको रामेछाप प्रहरीले जनाएको छ ।











प्रतिक्रिया