पुस १५ गतेभित्र संसद भवनको निर्माण सक्काउन निर्देशन


काठमाडौं ।

भौतिक पूर्वाधार र शहरी विकासको समेत जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको अनुगमन गर्दै भवनको प्रगति, बाँकी काम र समय तालिकाबारे छलफल गर्नुभएको छ । २०७६ असोजमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको संसद भवनको सिभिल संरचनाको प्रगति हाल करिब ८७ प्रतिशत पुगेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतको दोस्रो प्याकेजमा प्रगति करिब ३० प्रतिशत रहेको छ ।

मन्त्री घिसिङले दुवै निर्माण व्यवसायीलाई १६ पुसभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता माग गर्दै दैनिक कार्यतालिका अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–कामको गति बढाउन नभए ठेक्का सम्झौता बमोजिम कारबाही प्रक्रिया अगाडि बढ्छ र सम्पूर्ण दायित्व निर्माण व्यवसायीले बहोर्नुपर्नेछ।’ अनुगमनका क्रममा राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङ, मल्टिपर्पाेज हलमा थप ट्रस निर्माण, मेन तथा सब एलटी प्यानल, स्यानेटरी, फायर फाइटिङ, एचभिएसी परीक्षणलगायतका काम बाँकी रहेको जानकारी दिइएको छ ।

त्यस क्रममा भौतिक पूर्वाधार सचिव गोपाल सिग्देलले तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहयोग, समन्वय र अनुगमन जारी राख्ने बताउनुभयो ।