भक्तपुर ।
भक्तपुर सूर्यविनायकमा आयोजित एक कार्यक्रममा शनिवार दुई स्रष्टालाई नगद रकमसहित सम्मान गरिएको छ ।
साहित्यिक सम्मान संगम २०५० द्वारा आयोजित सो कार्यक्रममा ग्वङ्ग सिरपा सम्मान २०८२ द्वारा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम र ध्रुव मधिकर्मीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका संयोजक श्री ओम श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, संरक्षक तेजेश्वरबाबु ग्वङ्ग, प्राडा अभि सुवेदी प्राडा गोविन्दराज भट्टराई, रोचक घिमिरेलगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए ।
उक्त कार्यक्रममा सम्मानित स्रष्टाहरूलाई विशिष्ट अतिथि माथेमाले सम्मान पत्र र संरक्षक तेजेश्वर बाबू ग्वङ्गले जनही नगद ५० हजार ५ रुपियाँ प्रदान गरेर सम्मान गर्नुभएको थियो । सम्मानित स्रष्टा गौतम र मधिकर्मीले आफूहरूलाई यो पुरस्कार तथा सम्मान गरेर नेपाली भाषा साहित्यका क्षेत्रमा थप जिम्मेवारी प्रदान गरिएकाले आउँदा दिनहरूमा पनि निरन्तर रूपले साहित्य सेवामा लागि रहने बताएका थिए ।
सो कार्यक्रममा सम्मानित स्रष्टाका बारेमा साहित्यकार मुकुन्द शर्माले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन जितेन्द्र रसिकले गर्नुभएको थियो ।











प्रतिक्रिया