मेयर बालेनको आक्रोश-  अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?


काठमाडौँ। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह  फेसबुकमा आक्रामक देखिएका छन् ।‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको आरोप छ ।

बुधबार बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –  
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ , 
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ , 
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?