रसुवाको कालिका २ स्याउवारिमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक पन्नालाल प्रसाद यादवका अनुसार घाइते हुनेमा नाैकुण्ड गाउँपालिकाका कुशल तामाङ र उनकाे श्रीमती सञ्चिता तामाङ रहेका छन् उनीहरू बुधवार स्याउवारिबाट आफ्नो घर जाँदै थिए ।
माेटरसाइकल अनियन्त्रित भई सडकबाट बायाँ पट्टि नालीमा पल्टिन गई गम्भीर घाइते भएका दुवै जनालाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ।











प्रतिक्रिया