इतिहास
नेपाल संवत् नेपालको मौलिक संवत्् हो । लिच्छविराजा राघवदेवका पालामा एक साधारण व्यापारी शंखधर साख्वालाई प्राप्त हुन आएको धनसम्पति उनले सही सदुप्रयोग गर्ने उद्देश्य राखी समाजको कल्याणको साथै दानपारमिता पूरा गरी पुन्यलाभ गर्न नेपाल मण्डलका ऋणी दुःखी जनताहरूको ऋण मुक्त गरी दिएका थिए । देशमा कोही पनि ऋणी छैनन् भन्ने खुसियालीमा नव जीवन्त देशको रूपमा नेपाल संवत् चलाएका थिए । देशको नाममा भएको संसारकै एकमात्र संवत् नेपाल संवत् हो । धन्य शंखधर साख्वा, यहाँको महान योगदानका लागि साधुवाद ।
नेपाल संवत्, सन् ८७९ अक्टुवर २० र शक संवत् ८०२ कार्तिक शुक्ल प्रतिपदा (प्रा.डा. त्रिरत्न मानन्धर, मल्ल के सुन्दर)का दिन शुभारम्भ भएको हो । नेपाल संवत् लिच्छवि राज्यकालले ३२१ वर्ष, मल्लकालको पूरा अवधि ५६९ वर्षसम्म विशुद्ध रूपले यस नेपाल संवत् राष्ट्रिय र अन्तराष्ट्रिय संवत्का रूपमा चलाएर एकदम ठूलो योगदान र यसको महत्वको सन्देश दिएर गएका छन । यसको साक्षी स्वरूप नेपालको इतिहांसमा जीवन्त तथ्यहरू शिलापत्र, ताम्रपत्र, ग्रन्थ, चित्र, स्तम्भ आदि अझसम्म पनि सुरक्षित छन । सिद्धिनरसिंह मल्ल, प्रतापमल्ल राजाले चलाएको मुद्रामा नेसं उल्लेख थियो । ने.सं ५२५ मा चीनका सम्रात तायिमिङ्गले नेपालका शासकलाई लेखेको पत्रमा नेपालसंवत्लाई “महाचीनाब्द” भनी सम्मानपूर्वक सम्बोधन गरीएको देखिन्छ (पुरुषोतमलोचन श्रेष्ठ) ।
नेपालमा, नेपालसंवत्को प्रचलनमा नेसं ८८९ देखि दमन नीति अपनाउँदै शाह र राणाकालले १३३ वर्षसम्म नेपालसंवत् नै चलाएका थिए । राणा प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा भारतको गुर्जर÷गुजरात (काशीनाथ टमोट), कतै उज्जैन (गुगल)मा प्रचलित विक्रम संवत्लाई विसं १९६० देखि नेपालको राष्ट्रिय संवत्को मान्यता दिए । नेपालको संस्कार, संस्कृति, परम्परा, जात्रा, पर्व आदि प्रत्यक्ष जनताका जीवनसँग सम्बन्ध रहेको नेपाल संवत्लाई पन्छाएर भारतीय मूलको संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्ने र कार्यान्वयन गर्नैहरूलाई के भन्ने ? राणा शासन कालमा नेपालभाषा र नेपालसंवत्माथि दमन नीति नै थियो तर पनि सो अवस्थामा धर्मादित्य धर्माचार्यले नेसं १०४० मा नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउनका लागि अभियान नै शुरु गरेका थिए । नेसं ११०० मा नेपालभाषा मंका खलद्वारा न्हुँदँ (नयाँवर्ष) समारोह सार्वजनिकरूपमा धिमेबाजासहित ¥याली सुरुवात गरी मनाउन थाले । नेपाल संवत् सरकारी स्तरमा प्रयोग नगरेको १२० वर्षपछि पुप्पकमल दाहाल प्रधानमन्त्रीको पालामा नेपाल संवत्लाई नेसं ११२८ मा राष्ट्रिय संवत्को मान्यता दिए तर आज १६ वर्ष हुँदा पनि कार्यान्वयन हुन किन सकेन ?
समस्या
यस विषयमा अनुसन्धान गर्दा निम्न समस्याका कारणहरू कार्यान्वयन हुन नसकिएको देखिन्छन् ।
१) भ्रम : नेपाल संवत् नेवाः हरूको मात्र संवत् हो र यो असजिलो, बुझ्न गाह्रो, अंकमा लेखी हिसाब किताब राख्न नमिल्ने भनी भ्रममा पर्नु र तत्कालीन सरकारले कार्यान्वयनको पहल गर्न नसक्नु ।
१) नेपाल संवत््का विशेष रमाइला विशेषताहरू :
क) कहिले अनला (अधिकमास) आईदिने भने कहिले न्हंला (क्षयमास) भईदिने,
ख) अनला आएको बेला १३ महिना हुने भने न्हंला आएको बेला क्रमिक रूपमा रहेका महिनामध्ये एक महिनालाई खाई दिई सो महिनाको स्थानमा न्हंला बस्छ र १२ महिनाको नै वर्ष हुनु ।
ग) अनला र न्हंलाको निश्चित स्थान नहुनु ।
घ) त्यस्तै तिथि दोहोरिने अथवा तिथि टुट हुनु र यसको पनि निश्चित स्थान नहुनु ।
२) अंकमा दिनांक लेख्न नमिल्नु : यी माथि उल्लिखित विशेष रमाइला विशेषताहरू र दिनांकमा पक्ष पनि उल्लेख हुनु पर्ने कारण नेपाल संवत्लाई विसं, ई. सं मा जस्तै अंकमा दिनांक (उदाहरण— आज वि.सं २०८०÷१२-२९ तदनुसार ई.सं २०२४-४-११ जस्तै अंकमा लेख्न नमिल्ने अथवा लेख्न सकेको थिएन । यसकारण नेपाल संवत्लाई आ–आफ्ना प्रचलन अनुसार अक्षरमा नै लेख्ने गरिरहेका छन् । उदाहरण, आज ने.सं ११४४ चौलाथ्वः तृतीया बिहीबार अथवा आंशिक अंकमा ने.सं ११४४ चौलाथ्वः ३ बिहीबार भनी लेख्ने गरिन्छ ।
३) नेपाल संवत्लाई कम्प्युटर प्रणालीमा प्रबेश गराउन नमिल्नु :- यी उल्लेखित विशेष विषेशताहरूकै कारण नेपाल संवत् आजको वैज्ञानिक समयअनुरूप कम्प्युटर प्रणालीमा प्रबेश गराउन नमिलेको हो । प्रवेश गरे तापनि वर्षभरिका दिनाङ्क तिथि टुट, तिथि दोहोरिने आदिलाई हिसाब नहाराउने गरी राख्न सकिएको थिएन । साथै अनला (अधिकमास, करिब ३ वर्षमा आउने थप महिना) र न्हंला (क्षयमास, करिब १९ देखि १४० वर्षभित्र कुनै एक महिना खाई बस्नेमहिना) आउने बेलाको हिसाब मिलाउन नसक्नु ।
४) वि. सं र इर्. संका मितिहरू एक आपसमा रूपान्तरण हुने हुन्छ तर नेपाल संवत्सँग रूपान्तरण गर्न नसक्नु ।
५) नेपाल संवत्लाई विसं र ई. संमा रूपान्तरण गर्न सक्ने÷मिल्ने एल्गोरिडमका लागि सूत्रको अभाव ।
६) तिथिमा प्रायः जात्रा, पर्व आदिका साइत फरक भई रहने ।
७) नेपाल संवत्को एप्स र वेबसाइट बन्न नसक्नु ।
नेपाल संवत् प्रचलनमा ल्याउन प्रस्तावना :
नेपाल संवत्का यी विषेश रमाईला विशेषताहरूका कारण यसको प्रयोग सजिलो र बुभ्mने तरिकाले यसलाई प्रचलनमा ल्याउन विविध उपायहरू प्रस्तुत गरिएका छन् ।
नेपाल संवत् परम्परागत तरिकाले थ्वः (शुक्ल) पक्ष १–१५ र गाः (कृष्ण) पक्ष १– १४ लेखि आमाइ÷औंसीलाई परम्परागत तरिकाले ३० लेख्ने गरिन्छ तर थ्व ःव गाः पक्षलाई उल्लेख नगरी महिना १–१५ थ्वः र महिना १६–३० गाः भनी लेख्दा थ्वः, गाः भनी लेखीराख्नु पर्दैन (काशीनाथ तमोट, ११३९) । नेसं न्हुँदँ राष्ट्रिय समारोह समितिका दिवंगत ई. देवदास मानन्धरका टिमसहितले तिथि १ देखि ३० सम्म गिन्ती गर्दै क्यालेन्डर प्रकाशन गरिरहेका छन् ।
वि.सं २०६५ कार्तिक महिनामा नेपाल सरकारका तर्फबाट पद्मरत्न तुलाधरको संयोजकत्वमा संवत्् अध्ययन तथा सुधार कार्यदल गठन गरी विक्रम संवत्, नेपाल संवत्, ईस्वी संवत्को व्यावहारिक प्रयोगको सम्बन्धमा के कसो गर्न उपयुक्त हुन्छ भनी सुझाव मागेको थियो । त्यस प्रतिवेदनमा ईश्वी संवत् अन्तराष्ट्रिय संवत्का रूपमा नेपाल सरकारले लामो समयदेखि प्रचलनमा ल्याइसकेकोले सो अनुसार नै सरकारी क्यालेन्डर तथा सरकारको कामकाजमा निरन्तरता दिँदै जानु उपयुक्त हुने देखियो भने नेपाल संवत्का सन्दर्भमा सरकारी मान्यता प्राप्त नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन गर्ने गरेको तिथिअनुसार नै टुटफट मिलाई नेपाल सरकारको क्यालेन्डरमा समावेश गर्ने र सरकारी कामकाजको रूपमा ल्याउन उपयुक्त हुने देखियो भनी प्रतिवेदन सुझाव पेस भएको थियो (प्रतिवेदन, संवत्् अध्ययन तथा सुधार कार्यदल, विसं २०६८ माघ २५ गते )।
प्रस्तावनामाथि चुनौती : संवत् भनेको तिथिमिति हेर्ने कागजी पात्रोमात्र हैन यसमा ईतिहास, संस्कार, संस्कृति, रीतिरिवाज, जात्रा, पर्व, कर्मकाण्डदेखि मानव जीवनको सभ्यता लुकेका हुन्छन । अब उपरान्त नेपालसंवत् कार्यान्वयन गर्न शंखधर साख्वाको योगदान सम्झेर नेपाल संवत्को शुद्धता कायम गर्नु अति आवश्यक छ । नेपाल संवत्को शुद्धता भन्नाले नेपाली जनताका संस्कार, संस्कृति, जात्रा, पर्व आदिमा प्रयोग गर्दै आएको व्यावहारिक, सामाजिक, धार्मिक, ऐतिहासिक मान्यताअनुसार नेपालसंवत् तिथि लोकले आ–आफ्नो जनजीवनमा जसरी प्रयोग गरिरहेका छन् त्यहीँ मान्यता कायम राखी सरकारी कामकाज, व्यापार, बैंक अनि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा लोकले मानेको तिथिलाई नै प्रयोगमा ल्याउनु नैै शुद्धता कायम राख्नु हो । यही शुद्धता कायम राखी नेपाल संवत् अंकंमा लेख्नु पर्ने र आजको डिजिटल युगमा प्रवेश गराउनु पर्ने मूख्य चुनौती पूर्ण आवश्यकता हो ।
माथि प्रस्तावित प्रस्तावनाहरूले नेपालसंवत्का विषेश विशेषता समेटेर अंकमा लेख्नु र दिनांक नबिगारी कम्प्युटरमा शुद्धता कायम राखी प्रवेश गराउनु पर्ने मुख्य चुनौती थियो । अर्को नेसं, विसं, ईसं एक आपसमा रूपान्तर गर्नु आवश्यक छ ।
यहाँ ज्योतिषीहरूले सदियौंदेखि एप्स बिना तिथिमिति संलग्न गरी क्यालेण्डर प्रकाशित गरिरहेका छन । विक्रम संवत्, ईश्वी संवत्मा अक्षरमा नेपालसंवत् राखि क्यालेन्डर तथा डिजिटल क्यालेन्डर निकालिरहेका छन् । उदाहरण हाम्रो पात्रो, आकाश दर्शन पञ्चाङ्ग, पञ्चाङ्ग निर्णायक विकास समिति आदि । विभिन्न सफ्टवयेर डेभलपर ९क्यातधबचभ मभखभयिउभच० हरूले आफ्नै तरिकाले सूत्र प्रयोग गरि एलगोरिडम ९ब्नियचष्तजm० बनाई नेपालसंवत् डिजिटल क्यालेन्डरमा समावेश गर्ने र नेसं, विसं, ईसं रूपान्तर हुने एप्स ९ब्उउक० विकास गर्ने प्रयास गरेका हुन् तर कोही पनि सफल भएन, किन ? भन्ने प्रश्न सबैमा उठ्नु स्वाभाविक नै हो ।
समाधान, नेसंतिकोडि सूत्र : नेपाल संवत्को शुद्धता कायम रहने गरी नेसं ११४० मा माथि उल्लेखित सबै चुनौतीहरूलाई समाधान हुने गरी नेपाल संवत् तिथिकोकोडिङ व डिकोडिङ (नेसंतिकोडि) सूत्र पत्ता लगाउने शुभ अवसर प्राप्त भयो । सो नेसंतिकोडि सूत्र खोज÷आविस्कार नै हो । नेसंतिकोडि सूत्र किन डिसकभरी भन्न मिल्छ त ? भन्दा यस सूत्रले के के असम्भव कामलाई सम्भव बनाई दियो ? भनी खोतल्न जरुरी हुन्छ । १) अक्षरले मात्र लेख्न मिल्ने नेपालसंवत्को दिनांकलाई नेसंतिकोडि सूत्र मानक ढाँचाले अंकमा लेख्न मिल्ने बनायो । तिथिलाई नबिगारीकन कम्प्युटरमा प्रवेश गराई सरकारी कामकाज, व्यापार, बैंक आदि मा प्रयोग गर्न सम्भव बनायो । यस मानक सूत्रलाई कोडिङ भनिन्छ ।
ने.स = वर्ष – महिना र पक्ष – तिथि र बार …………सूत्र– (१) अथवा (१)cyjf N.S. (Coding) = ( YYYY / MM, P / TT, D) ===========;”q–
(२) उदाहरण, मानक ढाँचा कोडिङ अनुसार दिनांक लेख्ने तरिका : ११४४/६,१/३,५ २) मानक ढाँचा कोडिङले नेसं अंकमा लेख्न सम्भव भएपछि त्यस सूत्र कम्प्युटर प्रणालीमा प्रवेश गराउन, नेपाल संवत्का विशेष विशेषता भएको तिथि टुट, तिथि दोहोरिने, अनला, न्हंला सांकेतिक अंक प्रयोग गरी वर्ष भरीको तिथि नबिगारीकन कम्प्युटरमा हिसाब, दाता (Data) भर्न कोडिङ सूत्रलाई डिकोडिङ(Decoding) सूत्रमा परिणत गर्नु पर्दछ ।
N.S. (Decoding) = ( YYYY / MM, AN, P / TT, Rb, D) ………..सूत्र– (३) यहाँ,Y– वर्ष, – महिना, A– अनला, N–न्हंला, P – पक्ष, , T–तिथि, , Rb– तिथि टुट र दोहोरिएमा , , D– बार ।
यही, सूत्र ३ ढाँचाअनुसार अंक (सून्य)मा प्रस्तुत गरिएको कम्प्युटर प्रणालीमा दाता (Data) प्रबेश गराउने समुस्तिगत तरिकालाई नेसंतिकोडि l8 (NSTCD) सूत्र भनिन्छ । उदाहरण, आजको दिनाङ्क नेसंतिकोडि सूत्रअनुसार कम्प्युटर प्रणाली मा प्रवेश हुने अंक दाता यस्तो हुनेछ ।
नेसंतिकोडि . ११४४/०६,००,१/०३,०,५ नेसंतिकोडि सूत्रको प्रयोग गरी क्यालेन्डर, एप्स र वेबसाइट विकास : नेसंतिकोडि सूत्र ११४०/८,१/१२,४ मा पत्ता लगाइसकेपछि नेपाल भाषा टाइम्समा ११४०/१२,२/९,२ मा प्रकाशित गरियो र लगतै ११४१ मा पहिलो नेसंतिकोडि सूत्र प्रयोग गरी नेपाल संवत् तिथिको कोडिङ्ग व डिकोडिङ्ग क्यालेन्डर निकालियो ।
नेपालसंवत्का विशेष विशेषताहरूका कारण नेपाल संवत्लाई डिजिटल (कम्प्युटर) प्रणालीमा प्रबेश गराई हिसाब राख्न असम्भव भनिएको समस्यालाई नेसंतिकोडि सूत्रले सम्भव र सफल बनाएको छ । वर्ष भरीको तिथिहरू अनला, न्हंला साथै तिथि टुट अथवा दोहोरीकाहरू भए तापनि वर्षहरूका तिथिहरू क्रमबद्ध भएर बसेको एक्सेल(Excel) मा राखि हेरी प्रमाणित भयो ।
नेपाल संवत कम्प्युटरमा प्रबेश गराउन आवश्यक निर्देशन दिने एल्गोरिडम (Algorithm) पनि सूत्र खोजी कै क्रममा तयार भई सकेको थियो । अब नेसं, विसं, ईसं एकआपसमा रूपान्तरण हुनेमा ढुक्क भयौं । यस लगतै डिजिटल क्यालेन्डर तथा नेसं, विसं, ईसं एकआपसमा रूपान्तरण गर्ने सफ्टवेयेर डेभेलपर / (Software Developer) खोजी गर्याैं । स्पारालोजिक्स ईन्टरनेसनल (Sparalogics International) को नेपाल प्रतिनिधिलाई भेटयौं र पछि जुममा(Zoom) संस्थाका सीटिओसँग नेसंतिकोडि सूत्रको प्रयोगले कम्प्युटर हिसाब राख्न र संवत्हरू एकआपसमा रूपान्तरण गर्न सम्भव बनाउने बतायौं ।
दुई पक्षको सौहार्दपूर्ण सहकार्यबाट करिब पाँच महिना पछि असम्भव भनिने नेपालसंवत्को एप्स ११४२ मा सम्भब र सफल भई निस्कियो । नेसंतिकोडि सूत्र नै मूख्य आधार भएकै कारण डिजिटलमा प्रबेश सम्भव र सफल भएपछि एप्सबाट नेसं, विसं, ईसं एकआपसमा रूपान्तरण गर्न सफल भयो भने ११४४ मा तिथिमिति वेवसाइट विकास गर्न सफल बनायो । यसकारण नेसंतिकोडि सूत्र नेपाल संवत्को पुनरउत्थानको जग, आत्मासरह सावित भएको छ ।
नेपाल संवत् कार्यान्वयन : नेपाल सरकारका प्रधानमन्त्री बढो खुसी भई एक कार्यक्रममा उहाँले भन्नु भएको थियो कि नेपाल संवत् अति नै कठिन र गाह्रो (Complex / complicated) छ भन्ने लागेर कार्यान्वयन गर्न गाह्रो भई रहेको थियो । नेपालसंवत्लाई नेसं, विसं, ईसं एकआपसमा रूपान्तरण गर्न एक वर्ष मात्र हैन सयौ हजारौ वर्षका दिनांकहरू रूपान्तरण गर्न सकियो । यसरी नेपाल संवत् सयौ हजारौ वर्षका दिनांकहरू रूपान्तरण गर्न सम्भब नेसंतिकोडि सूत्रबाट हुन गयो भन्ने कुरामाथि उल्लेख भई सकेको छ ।
नेसं ११२८ मा नेपालसंवत्लाई राष्ट्रिय संवत्को मान्यता प्राप्त भएको र नेसं ११४४ मा सरकारी कामकाजमा कार्यान्वयन गराउने दुवै ऐतिहासिक घटनाहरूको शुभ अवसर प्रधानमन्त्रीं पुप्पकमल दाहालको पालामा हुन गएकोमा उहाँ धन्यवादको पात्र हुनुहुन्छ । प्रधानमन्त्रीं पुप्पकमल दाहालले नेपाल संवत्को पुनरउत्थानमा पद्म रत्न तुलाधारको योगदानलाई सम्झिंदै मल्ल के सुन्दरलगायत सम्पूर्ण नेवाः अभियन्ताहरूको निरन्तर प्रयासका कारण सफल भएको बताउनुभएको थियो । यस्तै नेपाल संवत् न्हँु दँ राष्ट्रिय समारोह समिति, नेवाः देय्दबु, नेपाल भाषा मंका खल आदि विभिन्न सम्बन्धित संस्थाहरूको तथा नेवाः सभ्यताका लागि लागिपर्ने सम्पूर्ण नेपाली जनताहरूको पनि नेपाल संवत् पुनरउत्थानमा त्यतिकै भूमिका रहेका छन् ।
नेसंतिकोडि सूत्रको प्रयोग प्रतिफल : नेपाल संवत् तिथिया कोडिङ व डिकोडिङ (नेसंतिकोडि) सूत्रको सूत्रपात र तयारी भएको एल्गोरिडम प्रयोग गरी नेपाल संवत्को एप्स, वेबसाईट, विजार्ड आदि विकास गर्न स्पारालोजिक्स ईन्टरनेसनल संस्थालाई सम्भव र सफल बनाएको छ । यस नेपाल संवत्को प्रयोगबाट नेपाल सम्पन्न र समृद्धिको बाटोमा पछ्याउने छ भन्ने कुरामा विश्वस्त छु । किनकी राम्रो बिउ रोपी मलजल र संरक्षण भएमा त्यसको प्रतिफल पनि अवश्य राम्रो हुनेछ । शंखधर साख्वाले सम्पूर्ण ऋणी र दासीहरूका ऋण तिरी उनीहरूलाई उन्मूक्त गराई नेपाल संवत् राम्रो उद्देश्य लिई चलाउनु भनेको थियो भने उहाँले देशको लागि राम्रो गुणवान बिउ (संवत्) रोप्नुभएको थियो । केही समय भयो यसमा मलजल र संरक्षण नभएको तर आज यसका संवर्धकहरू जागेका छन् । यस मानेमा यसको प्रयोगबाट नेपाल र नेपालीको गौरव विश्वभर फैलिनेछ । यो संवत् ब्रह्माण्ड र प्रकृतिसँग सम्बन्धित भएको हुनाले यसको महत्व बुझेर विश्वका अरू देशहरूले पनि प्रयोममा नल्याउलान् भन्न सकिन्न । यस नेपाल संवत्को प्रयोग भएमा विश्वमा शान्ति छाउनेमा विश्वस्त छु । यस नेसंतिकोडि सूत्रका सूत्राधारक लेखक स्वयम् नै हुँ ।











प्रतिक्रिया