आधुनिक युवापुस्ताले २०३६ सालदेखि यस अभियानको लागि भएको संघर्ष देख्ने कुरो आउँदैन। यो आन्दोलन शुरू हुँदा जन्मिएको मान्छे ४५ वर्ष भइसेकेको छ।यसको संघर्ष, कथा व्यथाबारे नयाँ पुस्ताले बुझ्नु आवश्यक छ। यसलाई मनोरञ्जनसँगै सांस्कृतिक अभियानका रूपमा लिएर जानुपर्दछ।देशको संस्कृतिलाई बचाउने, उन्नयन गर्ने वियषयमा युवापुस्तामा धेरै थोरै थाहा हुनुपर्दछ र थाहा पाउने वातावरण बनाउनुपर्दछ।

खुल्ला र व्यापक रूपमा ¥याली आयोजना गरी नेपाल संवत् नयाँ वर्ष मनाउन थालिएको ४६ वर्ष बितिसकेको छ।४६ वर्षका दौरान नेपाल संवत्ले थुप्रै उपलब्धि हासिल गरिसकेको छ।यसले गर्दा नेपाल संवत् मनाउने तौरतरिका अहिले बढी उत्सवमय हुँदै गएको छ। विगतमा सरकारले सम्बोधन गर्नुपर्ने माग, एजेन्डा अघि सारेर एउटा अभियानमा केन्द्रित स्थितिबाट उत्सवमा बदलिनु स्वाभाविक पनि हो। तर, नेपाल संवत्को प्रयोगको अवस्था कुन स्तरमा पुग्यो भने राष्ट्रिय मान्यता पाएको हुन्छ भनेर बु“दागत रूपमै स्पष्ट हुनुपर्ने अझै बाँकी रहेको छ।
नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १७ वर्ष भइसकेको छ।राष्ट्रिय मान्यता पाउनु र यस संवत्को प्रयोग हुनु भनेको फरक फरक विषय हो ।एउटा अभियान, आन्दोलन वा संघर्षको रूपमा ४६ वर्षअघि नेपाल संवत् नयाँ वर्षको अवसरमा भिन्तुना ¥याली शुरू भएको थियो।त्यसभन्दा अघि सामान्य तरिकारले मनाउने गरिन्थ्यो।२०३६ सालको जनमत संग्रहपछि नेपाल संवत् नया“ वर्ष मनाउने अभियान नेपाल भाषा मंका खलःको स्थापनापछि अझ गति लिएको थियो।
पञ्चायतकालमा शुरू भएको नेपाल संवत् राष्ट्रिय संवत् भन्ने आन्दोलन २०४६ सालको बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि अझ व्यापक र खुल्ला बन्दै गएको थियो।यही आन्दोलनकै कारण नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो। राष्ट्रिय मान्यताअनुरूप संवत् प्रयोगमा ठोस काम नह्“दा राष्ट्रिय मान्यता केवल औपचारिकतामा मात्र सीमित भएको छ।
२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हु“दाको बखत राज्यले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो।राष्ट्रिय संवत्को मान्यताअनुरूप सरकारले नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको पाइएन।राष्ट्रिय मान्यताअनुरूप त्यसको प्रयोगका स्वरूपबारे राज्यले आफ्नो दृष्टिकोण अहिलेसम्म स्पष्ट पारेको देखिदैन।२०५७ साल मंसिर २ को तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संवत्का प्रणेता शंखधर साख्वाको हैसियत राष्ट्रिय विभूतिका रूपमा रहेको स्वीकार गरेको थियो। नेपाल संवत् सबै सरकारी लेटरप्याडमा प्रयोग गर्ने क्रम पनि शुरू भइसकेको छ।
‘नेपाल संवत्को अभियानले केही उपलब्धि हासिल नगरेको भने होइन। फेरि ती उपलब्धिहरू किस्ताबन्दीको रूपमा पाइरहेका छौं।फेरि हामीले सरकारलाई भन्यौं ‘ किस्ताबन्दी रूपमा पाइरहेको उपलब्धि पर्याप्त भएन। ’
शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले भन्नुभयो। ‘नेपाल संवत्को प्रयोगसम्बन्धी राष्ट्रिय संवत् नीति बनाउनुप¥यो भनेर भन्दै आएका छौं। संवत्को प्रयोगमा सरकारी दृष्टिकोण के हो त? सरकारलाई बारम्बार सोध्दै आएका छौं।कमसेकम संवत्सम्बन्धी छुट्टै नीति त बनाउनुपर्दछ। यस आन्दोलनका सर्वोच्च नेतृत्व पद्मरत्न तुलाधर हु“दादेखि हामीले यही कुरो भन्दै आएका छौं।तर पनि टुक्रा टुक्रा रूपमा मागहरू पूरा गर्दै आएको छ ।’
नेपाल संवतलाई बुझ्ने र बुझाउने तौरतरिका
विश्वका प्राय युद्ध जितेपछि आफ्नो साम्राज्य फैलाउन राजामहाराजाहरूले विजय उत्सवको रूपमा विभिन्न संवत् चलाउने गरेको इतिहास रहेको छ।त्यसै गरी कुनै खास धर्म, सम्प्रदायको नाममा पनि संवत् चलेको हुन्छ।तर नेपाल संवत् कुनै राजा, धर्म, जाति वा सम्प्रदाय विशेषको नामबाट चलेको संवत् होइन।यो त सिंगो राष्ट्र र राष्ट्रियताको नाममा स्थापित भइसकेको छ।नेपाल संवत्को सुरुआतदेखि नै यो संवत् जनस्तरमा व्यावहारिक रूपमा चल्दै आएको थियो।देशको नाममा जोडिएको हुनाले देशको मौलिक कला संस्कृति र अपनत्वपस“ग जोडिएको छ।त्यस्तो संवत्ले राष्ट्रिय मान्यता पाएअनुरूप व्यवहारतः हैसियत दिनु आवश्यक रहेको छ।
नेपाल संवत् सबै नेपालीहरूको हो भन्ने कुरो अझै बुझाउन सकेको छैन वा खोजिएन।‘राज्यले मान्यता दिएअनुरूप यसको महत्व सबैले बुझ्ने र बुझाउन प्रयास गरिनुपर्ने हो।अहिले पनि नेपाल संवत् नेवाःको मात्र भन्ने बुझाइ रहेको छ ।त्यो गलत हो।नेपाल संवत् नेपालको पहिचान हो।नेपाल संवत् छुट्टै विषय हो, नेवाः समुदायले गर्दै आएको भाषिक, सांस्कृतिक आन्दोलन पनि फरक विषय हो ।’ राजनीतिककर्मी समेत रहेका यस अभियानका अग्रज राजेन्द्र श्रेष्ठले भन्नुभयो।
उहाँको सुझाव छ ‘इस्वी संवत् नया“ वर्ष सबैले मनाउ“छन्।इस्वी संवत् मनाउन सबै भाषाभाषी र जातिहरू ठमेललगायत विभिन्न ठाउ“मा हुने कन्र्सट हेर्न जान्छन्।कसैले पनि विदेशी संवत् भनेर भन्दैनन्। त्यसरी नेपाल संवत्लाई लिनुप¥यो।देशका सबै जातजाति र भाषाभाषी, राज्य सबैले यसको विशेषतालाई बुझेर नेपाल संवत् नया“ वर्ष मनाउनुपर्दछ।नेपाल संवत्प्रति सबैले अपनत्व ग्रहण गर्नुपर्दछ, राज्यले अपनत्व लिएपछि जनताले अपनत्व लिन सहज हुने छ।’
‘यो संवत्को नेवाः समुदायको भाषा र संस्कृतिस“ग मात्र कुनै सांस्कृतिक सम्बन्ध छैन।तर, मानिसहरू यस विषयमा भ्रमा परेका छन्।उनीहरू नेपाल संवत् भनेको नेवाः समुदायको संवत् भन्ने भ्रम रहेको छ।यही कारण बेलाबेलामा नेपाल संवत्लाई नेवारी संवत् पनि भन्ने भन्ने गरिन्छ।तर यो गलत कुरो हो।जुन बेला नेपाल संवत शुरू भयो त्यो बेला राघवदेव नामक वैश्य ठकुरी वंशंका राजा हुनुहुन्थ्यो अर्कोतिर इतिहासकारहरूका अनुसार शंखघर जसले यो सवंत् चलाउनुभयो, उहाँ पनि नेवार हो वा होइन भन्ने किटान भएको छैन।नेपाल संवत् काठमाडौं उपत्यकाबाटै सुरुआत भएको संवत् हो।उपयकाका आदिवासी नेवाः समुदाय भएकोले नेपाल संवत्लाई बढी चासो, प्रयोग गर्ने समुदाय पनि नेवाः नै परे।यसलाई निरन्तरता र पुनरुत्थान पनि गर्ने काममा नेवाः समुदाय अरूभन्दा अघि बढेकोेले नेपाल संवत् नेवाः समुदायको भन्ने बुझाइ बन्न गएको हो।
पञ्चायतकालमा भिन्तुना ¥यालीमा भूमिगत रहेका राजनीतिक दलहरूले पनि भाग लिन्थे।राजनीतिक स्वतन्त्रताको आन्दोलन पनि भिन्तुना ¥यालीमा मिसिएका थिए।नेपाल संवत् मनाउने क्रममा यस आन्दोलनका प्रणेता पद्यमरत्न तुलाधर, अगुवा मल्ल, के सुन्दर, दुर्गालाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायतका अग्रजहरूले नेपाल संवत्लाई राष्ट्रियता मान्यता दिनुपर्ने, भाषिक समानता, अधिकारको विषय, नेपाल भाषालाई सरकारी मान्यताका विषयहरू पनि उठाएका थिए।बहुदलीय प्रजातन्त्र पुनःपश्चात भिन्तुना आन्दोलनबाट राजनीतिक स्वतन्त्रताको आन्दोलन अलग्गियो।यसले गर्दा यो लामो समयसम्म एउटा आन्दोलनको हिस्साका रूपमा लिइएको थियो।नेपाल संवत्ले राष्ट्रियता मान्यता पाएपछि यसलाई आन्दोलनको पाटोबाट अलग गरेर संवतस“ग सम्बन्धित रूपमा सबैले अपनत्व महसुस गर्ने गरी मनाउने स्तरसम्म पु¥याउनुपर्ने खा“चो यस अभियानका एकथरि अगुवाहरूले औल्याउ“दै आएका छन्।नेपाल संवत् मनाउने समितिमा विभिन्न समुदायका मानिसहरूको प्रतिनिधित्व गराउनु्पर्ने, यसलाई पूर्व मेचीदेखि पश्चिम महाकालीका जनताले अपनत्व महसुस हुने गरी मनाउने तहसम्म पु¥याउनुपर्ने ती अगुवाहरूको भनाइ रहेको छ।
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने संघर्षमा शुरूदेखि लाग्नुभएका नरेशवीर शाक्यका अनुसार नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि यसलाई राज्यले मनाउने कि जनस्तरले मनाउने, नेवाः बाहेक अरू समुदायमा यसलाई कसरी लिएर जाने ? यस मनाउने संस्थागत स्वरूप कस्तो हुने लगायत थुप्रै विषयहरू बहस हुनुपर्ने आवश्यक छ रहेको छ।
राष्ट्रिय मान्यताअनुरूप नेपाली मुद्रा र नोटहरूमा नेपाल संवत् प्रयोग हुनुपर्ने, संवत्का प्रवर्तक शखंघर साख्वा र नेपाल सवंत्सम्बन्धी विद्यालय र कलेजस्तरको पाठ्यक्रममा राख्नुपर्ने, शंखधर प्रतिष्ठान स्थापना गर्ने, नेपाल संवत् मनाउन राज्यबाट बजेट विनियोजित गर्नुपर्ने, मागहरू सरकार समक्ष तेस्याउ“दै आएको छ ।सरकारी भित्तेपात्रोमा नेपाल संवत् र दिनांक उल्लेख हुनुपर्ने, नेपाल संवत्को क्यालेन्डर सरकारी स्तरबाट नै प्रकाशन र वितरण गर्ने जस्ता तत्काल गर्न सकिने कार्य पनि अघि बढ्न सकेको छैन ।यी कार्यहरू नभएसम्म नेपाल संवत् राष्ट्रिय संवत्को अनुभूत जनताले अनुभूत गर्न सक्ने छैनन् ।
नेपाल संंवत् मुलुकको महत्वपूर्ण सांंस्कृतिक निधि हो।यसको ऐतिहासिक, सामाजिक÷सांस्कृतिक र महत्वलाई आत्मसात गरेर यसको व्यावहारिक कार्यान्वयन पक्ष अहिलेको महत्वपूर्ण सवाल हो।यसको ऐतिहासिकता, महत्वबारे अध्ययन÷अनुसन्धान गर्न÷गराउनमा राज्यको भूमिका के÷कस्तो हुने हो अब स्पष्ट हुनुपर्छ । राष्ट्रिय संवत्को मान्यता प्रदान गरिसकेपछि राष्ट्रिय स्तरमा यो संवत्लाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने हो, सरकारी स्तरबाट नीति तय हुनु आवश्यक छ।
नेपाल संवत्ले राष्ट्रकै पहिचानलाई प्रवद्र्धन गर्दै आएको छ।देशभित्र पनि बहुभाषा, बहुसंस्कृति भएकोले सबैको पहिचान स्थापित हुनुपर्दछ भन्ने कुरोलाई पनि यसले टेवा पु¥याएको छ।यो अभियान मुलुकको भाषा, जाति तथा सांस्कृतिक आन्दोलनको संवाहक बनेको छ।यो कुरो बुझ्ने बुझाउनुपर्ने खा“चो छ।आधुनिक युवापुस्ताले २०३६ सालदेखि यस अभियानको लागि भएको संघर्ष देख्ने कुरो आउ“दैन।यो आन्दोलन शुरू हु“दा जन्मिएको मान्छे ४५ वर्ष भइसेकेको छ।यसको संघर्ष, कथा व्यथाबारे नया“ पुस्ताले बुझ्नु आवश्यक छ।यसलाई मनोरञ्जनस“गै सांस्कृतिक अभियानका रूपमा लिएर जानुपर्दछ।देशको संस्कृतिलाई बचाउने, उन्नयन गर्ने वियषयमा युवापुस्तामा धेरैथोरै थाहा हुनुपर्दछ र थाहापाउने वातावरण बनाउनुपर्दछ।











प्रतिक्रिया