श्रीमतीद्वारा श्रीमानको हत्या


काठमाडौं ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ। ५५ वर्षीय बुद्धसिं वाइबालाई घरायसी विवादका कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले गत कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन्। उनको आज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएका छ ।

ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो। अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए।

घर फिर्ता भएपछि उनलाई सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो।

श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ।