विपिनको शवयात्रा सुरु, आजै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै


काठमाडौँ।

महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ ।

भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणकाे बाक्लाे उपस्थिति रहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।

बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ।