गोलन्जोरमा जुवातास खेल्दै गरेका २४ जना पक्राउ, झन्डै चार लाख  बरामद

1.32k
Shares

सन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारमा जुवातास खेल्दै गरेका २४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार आज बिहान ४ बजेतिर गोलन्जोर गाउँपालिका–३ ग्वालटारका कल्याण कार्कीले आफ्नो घरको तेस्रो तल्लाको हलमा जुवा तास खेलाएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर उक्त व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले सो स्थानबाट नगद तीन लाख उनान्नब्बे हजार एक सय एकसठ्ठी रुपैयाँ समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमा गोलन्जोर गाउँपालिकाका विभिन्न वडाका साथै रामेछाप र ओखलढुंगाका व्यक्तिहरू पनि छन् । उनीहरूको विवरण यसप्रकार छः

१. ढाल बहादुर कार्की (४८), गोलन्जोर–२

२. भरत थापा (६४), गोलन्जोर–३

३. राजु थापा (५०), गोलन्जोर–३

४. प्रज्वल कार्की (३६), गोलन्जोर–३

५. रविन श्रेष्ठ (२९), गोलन्जोर–३

६. मनोज पोखरेल (२३), गोलन्जोर–३

७. ओम कुमार कार्की (३९), गोलन्जोर–३

८. भरत बहादुर वयलकोटी (४०), गोलन्जोर–३

९. तपन पौडेल (४१), गोलन्जोर–४

१०. देव बहादुर खपाङ्गी (३५), कमलामाई–१२

११. शिव कुमार कार्की (५२), गोलन्जोर–२

१२. इन्द्र बहादुर पुर्वाछाने मगर (४१), गोलन्जोर–३

१३. आलोक बराल (२६), गोलन्जोर–३

१४. अभिषेक थापा (२७), गोलन्जोर–३

१५. चन्द्र बहादुर माझी (४९), मन्थली–६, रामेछाप

१६. दल बहादुर देवकोटा (५१), गोलन्जोर–७

१७. बिराज श्रेष्ठ (३०), गोलन्जोर–६

१८. राजकुमार श्रेष्ठ (४८), गोलन्जोर–३

१९. कल्याण कार्की (४०), गोलन्जोर–३

२०. इन्द्र बहादुर कार्की उर्फ कृष्ण (२०), गोलन्जोर–३

२१. शुसिल सुनुवार (२२), सुनकोशी–७, ओखलढुंगा

२२. मिन बहादुर थापा (३६), गोलन्जोर–३

२३. नविन राई (३३), रामेछाप–१

२४. रमेश वयलकोटी (२८), गोलन्जोर–३