देशमा लोकतन्त्र आएको भनियो, आएको रहेछ लोभतन्त्र । खर्बौैंखर्बका संरचना र हजारौँ मान्छे खाएर आएको लोकतन्त्र दर्जनौँ मान्छे खाँदै र इतिहासकै संरचना ध्वस्त पार्दै बिदा हुँदै छ । यसो भनौँ, अहिलेको सरकार यो संविधानको कुनै धारामा छैन । लोकतन्त्रका संवाहकहरुको भागाभाग मात्रै छैन, पासपोर्ट रोक्का र घरहरु घेराउमा पनि पर्दै छन् । सुशासनको धज्जी उडाएर ब्रह्मलुट गर्न सिपालु खलनायकहरुको उठिबास भएको छ । जनता जागेका छन् अहिले । मुखमा राम–राम भन्दै बगलीमा छुरा चलाउने लोभतन्त्रका हिमायतीहरुले यति धेरै ढाँटे कि जनताले पत्याउनै सकेनन्, भारी मात्रामा बिदा पनि गरिसकेका छन् । चुनाव नै भइहाले पनि अब यिनीहरुको पुनर्जीवन कठिन छ, चौरासीको योजना बुन्नेहरुका लागि बयासी अभिशाप नै भएको छ ।
पारिवारिक लोकतन्त्र भित्र्याएका यिनले आपूm मात्र प्रदूषित भएनन्, देशलाई प्रदूषणको अब्बल भूमि पनि बनाए । यति मात्रै होइन, भारी ऋण र व्यापारघाटा पनि बोकाए । बंकरमा सुन र पैसा, विदेशी डलरको खेती गर्ने विदेशी दलालहरुले नेपालीहरुको पीडा बुझेनन्, बरु भ्युटावर र ठेकेदारी भवन बनाए । बिचौलिया पोस्न विमानस्थलहरु तय गरे, जहाँ उड्ने नेपालीहरु पहिले नै खाडी उडाए, महँगो पासपोर्ट किनाएर । संसारमै कमसल र कमिसनको पोको बनाएर नेसनल आईडीमा जनतालाई दुःख दिए मात्रै होइन कि विदेशी भाषालाई प्रश्रय दिई इम्बोस्ड नम्बर बेचे, डिजिटल लाइसेन्स भने । पैसा तिरेको चिर्कटोमा गाडी गुडाए मात्रै होइन कि लुकी–लुकी ट्राफिकलाई नक्कली बिल काट्न लगाएर सवारी धनी र चालकहरुलाई मनोवैज्ञानिक त्रासमा राखे । हरेक दिन सवारी दुर्घटना हुने कच्चा लाइसेन्स वितरण र कच्चा बाटो बनाए । वडाध्यक्षहरुलाई राजपत्र प्रकाशनको जिम्मा दिए । स्काभेटर र डोजरले वन मात्रै होइन कि उर्बर धानखेत र मकैबारी धस्काए । विदेशी चामल, कच्चा भटमासको तेल आयात गरेर सहुलियत दरमा भन्सार सुविधा लिई निर्यात देखाई निकासी व्यापार उच्च भएको नाटक पनि गरे ।
मान्छे निर्यात गरे । खाद्यान्नलगायत तमाम वस्तु आयात गर्ने उत्पादनमूलक उद्योगहरुमा झन्डा र डन्डा गाडे । आफन्तलाई पोसे । व्यापारीहरुसँग साँठगाँठ गरेर विद्युत् बक्यौता मात्रै होइन कि राजस्व छुट दिएर एनसेलहरुसँग मितेरी लगाए । तमाम ठूला उद्यमी र व्यापारीहरुलाई राजनीतिक ओढ्ने ओढाएर समानुपातिकको कोटामा राख्दै संसद् र सिंहदरबार लगे । भाइ, भतिजा, साला, सालीले नपुगेर ब्वाई फ्रेन्ड र गर्ल फ्रेन्डहरुलाई पनि पद दिलाए । आलिशान महल दिलाए । फलतः संसद् भवनदेखि तिनका आवास र आलिशान महलहरु जनताले जलाए, ढलाए । एकदिनमै देश स्वाहा स्वधा भइहाल्यो । तरमाराहरुको भैँसेपाटी मात्रै होइन कि राजनीतिको छाता ओढ्ने र तिनलाई ओढ्ने–ओछ्याउने दिने व्यापारी मलहरु पनि जनताको आँखाको तारो बन्दै क्षणभरमा ध्वस्त भए, सवारीसाधनहरु भग्नावशेष भए, भनौँ देश सिंगै खरानी भएको छ अहिले ।
१० महिनामा ३५ अर्ब ५० करोडको धान–चामल आयात गर्ने बनाए । कृषिप्रधान देशमा कृषिउपज बीउका लागि ८२ करोडको बीउ आयात हुने बनाए । अम्बा, केरा मात्रै होइन कि जीउको जनै पनि आयात हुन थाल्यो । सार्वजनिक ऋण झन्डै ३० खर्ब पु¥याए भने परराष्ट्र नीति असन्तुलित हुँदा लक्ष्यको अनुदान कहिल्यै पाएनन् । विगत ५ वर्षको मात्र डेटा हेर्दा पनि ०७७।०७८ मा ६० अर्ब ५२ करोडको अनुदान लक्ष्यमा २० अर्ब ५२ करोड, ०७८।०७९ मा ५९ अर्ब ९१ करोडको लक्ष्यमा १८ अर्ब १८ करोड, ०७९।८० मा ५५ अर्ब ४५ करोडको लक्ष्यमा २१ अर्ब २९ करोड, ०८०।०८१ मा ४९ अर्ब ९४ करोडको अनुदान लक्ष्यमा २ अर्ब ७५ करोड, ०८१।०८२ मा ५२ अर्ब ३२ करोडको लक्ष्यमा १७ अर्ब १७ करोड ल्याए, लिए र आफन्तलाई पोसे । वातावरण यति धेरै प्रदूषित बनाए, विश्वमै अब्बल प्रदूषित वातावरण यसअघि कहिल्यै भएको थिएन, हिमालमा पत्थर चट्टान विदेशीलाई देखाएर पैसा तान्न प्रयास गरे, विश्वका शिखर सम्मेलनमा गएर नेपालको इज्जत राख्न सकेनन्, भिखारी बनेर आए । विश्व बैँकले भनेको छ– नेपालमा बर्सेनि वायु प्रदूषणका कारण २६ हजारको ज्यान जाने गरेको छ, तीनदेखि चार वर्षको नेपाली औसत आयु घटेको छ । जुन १७, २०२५ मा जारी गरिएको टुवार्डस क्लिन एयर इन नेपाल फिट्स पोलुसन सर्वेजमा भनिएको छ– अपांगता र मृत्यु धेरै छ, वार्षिक ६ प्रतिशत बढीको जीडीपीको क्षति हुने गरेको छ । सार्वजनिक जीवन स्वस्थकर छैन, दीर्घ श्वासप्रश्वास रोगले ग्रस्त छ नेपाली समाज, समयमा उपचार छैन ।
सरकारी अस्पताल उदासीन छन् र निजी अस्पताल धेरै महँगा छन् । औसत नेपालीको आयले उपचार वा स्वस्थ खाना, क्यालोरीको गुणस्तर धान्दैन । मुटुरोग ४४ प्रतिशतले बढेको छ, श्वासप्रश्वास रोग ४१ प््रतिशतले, स्ट्रोक रोग ४६ प्रतिशतले, फोक्सो क्यान्सर ३८ प्रतिशतले, नवजात शिशुको समस्या ३० प्रतिशतले र मधुमेहका रोगीहरु २० प्रतिशतले बढेका छन् । अस्वस्थकर खाना, खराब वायु, असहज र टर्चर खालको जीवनशैली, अत्यधिक मिसावट र विषादी खाना, सकारात्मक सोचको अभाव र जति बेला पनि भागदौड प्रतियोगितामा नेपाली समाजलाई बन्धक बनाइराख्ने लोभतन्त्रले यसको पूर्ण जिम्मेवारी लिनुपर्ने थियो । रोजगारीको अभाव, खर्चभन्दा कम आय, वैदेशिक रोजगारीको पीडा, सधैँ दुर्घटना र जलन, मनोवैज्ञानिक त्रास लोकतन्त्रका उपहार रहे । आपैmँ लोभतन्त्रका नायकहरु खेदिएका छन् अहिले, आपूm मात्रै खेदिँदा त राम्रो हुन्थ्यो तर इतिहासकै खराब अवस्थामा र संरचनाहरु ध्वस्त पारी खेदिएका छन् । तर अभैm फणा उठाउने तरखरमा छन्, खरानीमा पनि साहस देखेका छन् । जनताले बढार्दा ग्लानि भएको छैन ।
बालकोटका महानायकले ०५४ सालदेखि ०७२ सम्ममा मात्र ओखती खर्च भन्दै राष्ट्रको ढुकुटीबाट १७ करोड ६६ लाख ६७ हजार सोत्तर बनाएका रहेछन् । अब त बिदा हुनुपूर्व बयासीसम्मको बेहिसाब कति होला । आफन्त पोस्न सबैतिरको बेरुजु देशको वार्षिक बजेट बराबर छ, बूढानीलकण्ठ बा खुमल्टार वा शीतल निवासले बाँडीचुँडी देशको ढुकुटी निलेका छन्, मात्रै होइन विदेश निर्यात पनि भएको छ पैसा । दर्गा प्रसाईं, रवि, हमाल, हर्क, बालेनहरु त्यत्तिकै बौलाएका होइनन् । बूढी गण्डकी खाए भनेर आफ्नैले भनेको हो । सेरा दरबार निल्ने, बालमन्दिर, ललिता निवास, बाँसबारी निल्नेहरुले साझा बस निले, ट्रली बस, हेटौडा सिमेन्ट कारखाना, भृकुटी पेपर मिल, बाँसबारी जुत्ता मात्रै होइन, भएभरका उद्योग कलकारखाना निलेर उद्यमी र व्यापारीहरुलाई राजनीतिको छाता ओढाई प्रोत्साहन दिए, ढाडस दिए । तिनलाई पेवा बनाउँदा उद्यमी व्यापारीका मल, स्टलहरु पनि आगजनीमा परेका छन् अहिले । हाम्रो लोभतन्त्र आपूm मात्रै सती गएन, देशका तमाम संरचनाहरु ध्वस्त पारेर आर्थिक विकासका आधारहरु उद्यमी व्यापारीहरुलाई पनि सती जान बाध्य गरायो ।
रोजगारी दिने व्यापारीहरु अहिले मौन छन्, खरानी कसरी उठाउने भनेर । इतिहास बोकेको सिंहदरबार, संसद् भवन, शीतल निवास, बालुवाटार बचाउन नसक्ने लोकतन्त्रले नेपालीलाई बचाउला ? यो आशा गर्नु निरर्थक हुन्छ । अहिले नेपालीहरु प्रहरी बिट पुनस्र्थापना गर्दै आपैmँ रात्रिको गस्ती गर्दै छन्, यो निकृष्ट चाला नै लोभतन्त्रको उपहार हो र प्रदूषणको पराकाष्ठा हो । गुण्डु सुरक्षित देख्नेले झापामा आराम गर्नु राम्रो हुन्छ । बूढानीलकण्ठ बचाउन नसकी सुरुङ सुम्पनेले देशलाई रोगी बनाउनुभन्दा ढडेल्धुरामा वृद्धाश्रम बनाई बस्नु उत्तम हुन्छ । खुमल्टार पनि असुरक्षित छ अहिले । बीपीले के भनेका थिए, कृष्णप्रसाद वा गणेशमानहरुले के भनेका थिए वा पुष्पलाल अनि मदनहरुले के भनेका थिए, हामीले भनेका थियौँ– विदेशीहरुका फोटा सजाएर तिनका विचार त्यो पनि आउट डेटेड विचार बोकेर नेपालको भविष्य उज्ज्वल हुन्न । नेपाल बनाउने नेपालीले हो र आफ्नै विचारले हो । विदेशमा ढलिसकेका शालिकहरु देखाएर, गरिबीको खोल ओढेर धनाढ्य भएकाहरुको धन खरानी हुनु स्वाभाविक हो ।
चप्पल लगाउन नजान्ने र नसक्नेहरुले देशको ढुकुटीमा हालिमुहाली गरेर अकूत धन थुपारे, जनताले नग्याएका छन् अहिले । विदेशी बैँकहरुमा पनि यिनका पैसा छन्् भन्ने गरिन्छ । नवराजा, नवमहारानी, नवराजकुमार र राजकुमारीहरु उत्पादन गर्दै विदेशी महँगा भोड्कामा रमाउने कथित नेताहरु देशले खोजेको होइन, इमानदार व्यक्तिको खोजी गर्दै क्रान्ति भएको हो । इतिहासमा कल्पना नै नगरिएको क्रान्ति भएको छ अहिले । छनक पाएको भए त रोक्थे । कुशासनका मतियारहरुलाई थाहै नहुने गरी १० घण्टामा भगाए जनताले । यो ठूलोे उपलब्धि हो तर सधैँ यो सम्भव नभएकाले यसको म्यान्डेट बुझेर अबको नेतृत्व अघि बढ्नुपर्छ । भनिन्छ, यो नेतृत्व अस्थायी हो र पनि केही प्रणालीको विकास गर्नुपर्छ यसले । मूलभूत विषयमा जनमत संग्रह गरिनुपर्छ । रातारात टेबुल ठटाएर आएको लोकतन्त्र त लोभतन्त्रको पोको रहेछ, उधारो पुलिन्दा रहेछ, जसबाट जनजीवन मात्रै अस्तव्यस्त भएन, देश नै कठिन मोडमा पुगेको छ । ऋण तिर्छन् लिनेले ? हाँसी–हाँसी सही गरेका थिए ती आपैmँ रुँदै छन्, उठीबास लागेको छ, कसले तिर्ने ऋण ? देशको व्ययभार कसले बोक्ने ? यी त संन्यासी होलान् वा सदाका लागि जेल जालान् । तिर्ने रकम कसले र कसरी ? कि मिनाहा गर्ने ? यसको क्षमता कोसँग छ ? भष्मासुरहरुको हातबाट उम्किँदा देशमा एकपल्ट सन्नाटा छाएको छ । बंगलादेश वा श्रीलंका होला, याद गर भनेको कैयौँ वर्षसम्म पनि बुद्धि फिरेन । अहिले आपैmँ बिदा भएका छन्, अब शून्य बेसमा देश सम्हाल्ने नेतृत्वको खाँचो छ ।











प्रतिक्रिया