काठमाडौं ।
नेपाली कांग्रेसले तिहार तथा नेपाल सम्वत् ११४६ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेको छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा जारी शुभकामना सन्देशमा नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाडपर्वहरू भएको मुलुक भएको उल्लेख गर्दै यस्ता विविधताले राष्ट्रिय एकतालाई अझ बलियो बनाएको बताएका छन्।
सन्देशमा तिहार पर्वले पारिवारिक र सामाजिक सम्बन्धमा आत्मीयता र सौहार्दता ल्याउने र नेपाल सम्वत्ले हाम्रो मौलिकता तथा सांस्कृतिक पहिचानलाई जोगाउन प्रेरणा दिने उल्लेख गरिएको छ।
नेपाल सम्वत्को सुरुवात समाजसेवी शंखधर साख्वाद्वारा गरिएको ऋणमोचन अभियानबाट भएको उल्लेख गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको पनि सन्देशमा स्मरण गरिएको छ।
खड्काले अन्धकारमाथि उज्यालोको विजयको प्रतीक तिहार र नेपाल सम्वत्को नयाँ वर्षले पारस्परिक सद्भाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।












प्रतिक्रिया