सर्लाही।
जिल्लाको बरहथवा नगरपालिका–९ स्थित रवि चोकबाट सशस्त्र प्रहरीले शंकास्पद विलविजक भएको नास्पातिसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।
शनिबार सशस्त्र प्रहरी बल नेपालका विशेष अनुगमन टोलीले म.प्र.०३.००२ ख ३६४१ र प्र.१.०१.००१ ख ४४०१ नम्बरका ट्रकमा लोड गरिएको करिब ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पाती नियन्त्रणमा लिएको हो।
विलविजक शंकास्पद देखिएपछि ट्रकसहित चालक देव श्रेष्ठ र भिम बहादुर उप्रेतीलाई पक्राउ गरिएको र उक्त ट्रक भारततर्फ लैजाने तयारीमा रहेको आशंका गरिएको छ।
पक्राउ परेकालाई बरामद नास्पाती र ट्रकसहित थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।
बरामद दुई ट्रक र नास्पातीसहित वस्तुको कुल भन्सार मूल्य ८२ लाख ८९ हजार रुपैयाँ कायम गरिएको छ।











प्रतिक्रिया