काठमाडौँ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमा अहंकार नभएको तर सत्य बोल्ने बानी भएको बताएका छन् । उनले आफूलाई अहंकार भएको व्यक्तिको रुपमा चित्रण गरिएकोमा चित्त दुखाए। आइतबार सम्पादकहरूसँगको छलफलमा उनले भने, ‘पक्कै पनि हेर त दम्भ, हेर त अहंकार भन्नु हुन्छ तपाईंहरू, यो मेरो अहंकार होइन, म सत्य बोल्छु ’
ओलीले देश र जनताप्रति आफू बफादार भएको पनि बताए । त्यो कसैलाई मन नपर्नु व्यक्तिगत कुरा भएको ओलीको भनाइ छ ।
उनले जेनजीहरूलाई भ्रममा परेर विरोधका लागि तयार पारिएको जिकिर गरे । जेनजी आन्दोलनमा प्रधानमन्त्रीको राजीनामाको माग नभएको उनको भनाइ छ ।











प्रतिक्रिया