आज पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली


काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उनले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुने भएकाे छ । यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीं भएको थियो ।