भदौ २३ र २४ गतेको घटना प्रतिकान्ति र प्रतिगमन :  अध्यक्ष कँडेल


धादिङ ।

गत भदौ २३ र २४ गतेको जेन्जीको नाममा गरिएको आन्दोलन प्रतिक्रान्ति र प्रतिगमन भएको  नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलले बताएका छन् ।

नेकपा एमाले धादिङको २ नम्बर क्षेत्रीय समन्वय कमिटीको आयोजनामा धादिङबेसीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लेखा आयोग अध्यक्ष डा. कँडेलले क्रान्तिबाट प्राप्त गरेको उपलब्धि निमिट्यान्न पार्न पुँजीवादले पक्षपोषण गरेको आन्दोलनले संसद, संबिधान र सरकारको अन्तयगर्न लागेका कारण प्रतिक्रान्ति र प्रतिगमन भएको उल्लेख गरे ।

अहिलेको सरकारलाई बुख्याचाको संख्ज्ञा दिँदै लेखा आयोग अध्यक्ष डा. कँडेलले असंवैधानिक सरकार भएकोले यसले गर्ने सबै काम असंवैधानिक हुने बताए । नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटि बैठकको निर्णयको हवाला दिँदै नेकपा एमाले संसद  पुनः स्थापनाको पक्षमा रहेको र यसकै लागि आन्दोलित हुने बताउँदै शुशिला कार्कीले यसअघि यसरी संसद  विघटन गर्नु असंवैधानिक भनेर सर्बोच्च अदालतबाट फैसला गर्नुभएको तथ्या उल्लेख गरे ।

यो सरकारले गठन गरेको छानविन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पहिल्यै निश्कर्ष निकाल्नेकाम गरेको भन्दै यसलाई अमान्य भन्दै एमाले बैठकले सर्बोच्च अदालतका न्यायधिसको अध्यक्षतामा गठन हुने छानविनआयोगमात्र मान्य हुने एमाले बैठकले निर्णय गरेको डा. कँडेलले बताए । एमाले बैठकले भ्रष्टाचारमा छानविन गर्न सरकारलाई खुला चुनौति दिएको बताउँदै एमाले सरकारका पालामा भएका राम्रा कामको प्रचारगर्न र नेतृत्वको संरक्षण गर्न एमाले कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले एमाले राष्ट्रियताको पक्षमा काम गरेको, विकस र समृद्धिका लागि काम गरेका कारण विदेशी षडयन्त्रबाट देश जलाएर केप ओली विरुद्ध लागेको बताउँदै देश र जनताको पक्षमा काम गर्न एमालेलेमात्र सक्ने बताए ।

कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले भदौ २३ गते २ बजेपछि जेन्जीको आन्दोलन अपहरण भएपछि देश जलाएको र विदेशीको इशारामा जेन्जीनामबाट अपराध बढेकोले समयमै यसको विरुद्ध एमाले कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा  नेकपा एमाले बागमति प्रदश कमिटि सदस्य धनबहादुर घले, उमेश थापा, कृष्ण लामा, नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा लगायतले शुभकामना दिँदै देशलाई माया गर्नेहरु एमाले संगठित हुनुपर्ने र अपराधीकरण र असंवैधानिक कदमको विरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बताए ।