जुन शान्ति तपाईंभित्र छ, त्यो अन्त कतै छैन

2.54k
Shares

हामी आफ्नो जीवनको हरेक मोडमा हार मान्छौँ । जीवनमा समस्याहरू आउँछन् । अनि समस्या जति ठूलो हुन्छ त्यति नै हामी आफूले आफूलाई सानो महसुस गर्न थाल्छौँ । त्यसपछि त्यो समस्याबाट छुट्कारा पाउनका लागि हामी के–के मात्र गर्दैनौँ र ! तर, हाम्रो जीवनमा एउटा यस्तो मौका पनि आयो जसलाई पूरा गर्न हामीले आफ्नो पूरै शक्ति खर्च गरेका थियौँ । कैयौँपटक हामी सफल हुन सकेनौँ ।

त्यो असफलतालाई हामीले स्वीकार गरेनौँ । यो कुरा त्यो समयको हो जब हामी बाल्यावस्थामा थियौँ अनि हामी हिँड्न सिकिरहेका हुन्थ्यौँ । कुनै बेला लड्नुभयो होला तर तपाईंंको प्रमुख उद्देश्य हिँड्नु नै थियो । यस क्रममा असफल पनि हुनुभयो तर तपाईंले असफलतालाई कहिल्यै पनि स्वीकार गर्नुभएन । फेरि अर्कोपटक उभिनुभयो अनि हिँड्न शुरु गर्नुभयो । एकदिन सफल पनि हुनुभयो । किनभने, तपाईंले हार मान्नुभएन । त्यसको परिणामस्वरूप तपाईं हिँड्न सक्ने हुनुभयो ।

तपाईंले हिँड्न सक्नुभएको दिन एउटा यस्तो ठूलो सफलता प्राप्त गर्नुभयो, तपाईंले एउटा यस्तो साँचोलाई खोल्नुभयो अब तपाईं जुनसुकै ठाउँमा जानका लागि सक्षम हुनुभयो । त्यसको मूल कारण भनेको हारलाई स्वीकार नगर्नु (हिम्मत नहार्नु) नै थियो । तर, अहिले तपाईं कोशिश गर्नुभन्दा पहिला नै असफलताका बारेमा सोच्नुहुन्छ । प्रारम्भमै सफलता प्राप्त हुँदैन भनेर सोच्न शुरु गरेपछि तपाईंलाई कसरी सफलता हात पर्ला र ! तपाईं आफ्नो जीवनमा असफलता होइन, सफलताका बारेमा सोच्नुहोस्् । त्यसपछि मात्रै सफलता प्राप्त गर्न सकिन्छ ।

तपाईं जीवित हुनुहन्छ । तपाईं जीवित रहुन्जेलसम्म तपाईंमाथि कृपा भइरहेको हुन्छ । तपाईं यस संसारमा जुन–जुन कार्य गर्न चाहनुहुन्छ, ती सबै सम्भव छन् ! कुनै पनि कुरा असम्भव छैन । तर, सबैभन्दा पहिला तपाईं नै जीवित हुनु अत्यावश्यक छ । यदि तपाईं जीवित नै हुनुहुन्न भने त सबै कुरा असम्भव नै हुन्छन् । तर, तपाईं जीवित हुनुहुन्छ भने ती सबै कुराहरू सम्भव हुन्छन् । त्यसका लागि हिम्मत हुनु आवश्यक छ । त्यो साहस तपाईंभित्रै छ । यो श्वास तपाईंभित्र आइरहुन्जेलसम्म तपाईं हारेको व्यक्तिजस्तो भएर होइन जितेको व्यक्तिजस्तो गरी जिउनुहोस् ।

एउटा कथा छ । एउटा सानो कुकुर थियो । एकदिन त्यो घुम्दाघुम्दै घना जङ्गलमा पुगेछ । जङ्गलमा पुगिसकेपछि यताउता हेर्दै गर्दा उसलाई सिंहको गन्ध आएको आभास भयो । नभन्दै उसका अगाडि सिंह नै आइरहेको थियो । ऊ डरले फर्केर जान लाग्दै थियो । त्यही बेला उसले हड्डीको ठूलो रास फेला पा¥यो । हड्डीको रासका अघि पुगेपछि अब उसले बच्ने उपायका बारेमा सोच्न लाग्यो ! यत्तिकैमा सिंह पछाडिबाट गर्जंदै आइपुग्यो ।

सिंहले एउटा सानो कुकुर हड्डीको थुप्रोका अघि बसिरहेको देख्यो ! आइरहेको सिंहपट्टि पिठ्युँ फर्काउँदै उसले भन्यो, ‘सिंहलाई खानुको मजा नै अर्काे छ ! यत्तिका धेरै सिंहलाई खाइसकेँ तर अभैm पनि मेरो भोक मेटिएको छैन । हुन सक्छ, अब एउटा अर्काे सिंहलाई खान पाए मेरो भोक मेटिन्थ्यो कि !’ जसै त्यो सिंहले सानो कुकुरको कुरा सुन्यो अनि ऊ सोचमा प¥यो, ‘यो कुकुरले त सिंहलाई पनि खाँदो रहेछ । के थाहा, अब यसले मलाई पनि खाने हो कि !’ त्यसपछि सिंह डरले त्यहाँबाट टाप कस्यो ।
एउटा बाँदर रुखमा बसेर यी सबै घटनालाई हेरिरहेको थियो । त्यसपछि उसले त्यो सिंहकहाँ गएर भन्यो, ‘यो सानो कुकुर धेरै छट्टु रहेछ । त्यसले कुनै पनि सिंहलाई खाएको होइन । तपाईं त यो जङ्गलको महाशक्तिशाली राजा हुनुहन्छ । तपाईंलाई त्यो कुकुरले मूर्ख बनाइरहेको छ ।’

बाँदरको कुरा सुनेपछि सिंहलाई त्यो कुकुरसित एकदम धेरै रिस उठ्यो । उसले बाँदरलाई आफ्नो पिठ्युँमा राखेर त्यो कुकुर भएतिर दौड्यो । कुकुर त त्यहीँ बसिरहेको थियो । उसले दुईजना नै आइरहेको देखेपछि सोच्न लाग्यो, ‘अब के गरुँ !’ कुकुरले फेरि दिमाग लगायो । सिंहतिर पिठ्युँ फर्काएर ठूलो–ठूलो स्वरले भन्न लाग्यो– ‘त्यो बाँदर कहाँ गयो ? त्यसलाई आधा घण्टापहिल्यै मैले सिंहलाई खोजेर ल्याउन पठाएको थिएँ । हैन, यत्तिका बेरसम्ममा पनि लिएर आउँदैन ।’ त्यो सिंहले यो कुरा सुनेको मात्र के थियो, बाँदरलाई तल फ्याँकेर पुनः भाग्न शुरु ग¥यो । त्यसपछि कुकुर त्यहाँबाट ठूलो चलाखीपनाका साथ आफ्नो बुद्धिलाई प्रयोग गर्दै जङ्गलबाट बचेर बाहिर आयो ।

यस्तै प्रकारले हामीले पनि जीवनमा कुनै अप्ठ्यारो आइप¥यो भन्दैमा असफलतालाई स्वीकार गर्नुहुँदैन । आफ्नो संयमतालाई बिर्सनुहुँदैन । जुन कुरामा हामीले असफलतालाई स्वीकार गर्छाैं, त्यसमा हामी पक्कै पनि असफल नै हुन्छौँ । तर, असफलतालाई स्वीकार नगरीकन साहसका साथ अगाडि बढ्छौँ भने अवश्य पनि सफलता प्राप्त हुन्छ । जीवनमा केही परिस्थितिहरू हाम्रै कारणले पनि आउँछन्, जसबाट हामी दुःखी हुन्छौँ । आनन्द र शान्तिको सम्भावना त रहन्छ नै तर कुनै बेला हामीले नै आफ्नो जीवनमा यस्तो अवस्था सृजना गर्छौं, जसबाट दुःख उत्पन्न हुन्छ । तथापि, हामी यस्तो गरिरहेका बेलामा ‘म के गरिरहेको छु’ भन्ने कुरा विचार नै गर्दैनौँ । जीवनमा आनन्द र शान्ति प्राप्त गर्न हामीले ‘म के गर्न लागिरहेको छु’ भन्ने कुरालाई सोच्नु अत्यन्तै आवश्यक छ ।

मानिसहरू अरूतर्पm हेरेर भन्छन्, ‘उनी भाग्यशाली छन्, म भाग्यमानी छैन ।’ त्यस्तो किन लाग्छ भने तपाईं जे देखिरहनुभएको छ त्यो बाहिरबाट देखिरहनुभएको छ । ‘भित्र कस्तो समस्या छ । त्यो मानिसको मनमा के कुरा खेलिरहेको होला !’ मानिसहरू यो विषयमा सोच्दैनन् । ठूला–ठूला मानिसहरू टेलिभिजनको क्यामराअघि बस्दाखेरि मुस्कुराउँछन् तर घर गएपछि चिन्तै चिन्ता गर्छन् । हरेक चिजका बारेमा मानिसले चिन्ता लिन्छ । ती समस्याका बारेमा पनि चिन्ता गर्छ, जुन समस्या केवल विचारमा मात्रै सीमित हुन्छ । वास्तविकतामा हुँदैन । मानिसले चिन्तामा हराएरै यस जीवनलाई पनि समाप्त पार्छ । यदि कतै स्वर्ग छ भने त्यो यहीँ नै छ । र, यदि कतै नर्क छ भने त्यो पनि यहीँ छ । यो कुरा तपाईंलाई पनि राम्रोसँग थाहा छ– पछि के हुन्छ त्यो तपाईंलाई थाहा छैन । तपाईंलाई जे–जे थाहा छ, त्यो तपाईंले सुन्नुभएको हो तर जुन सत्य चिज हो त्यो यहीँ छ । जुन सुख यहाँ छ, जुन सुख त्यो आनन्दमा छ, जुन आनन्द तपाईंभित्र छ । जुन सुख त्यो शान्तिमा छ, जुन शान्ति तपाईंभित्र छ, त्यो अन्त कतै पनि छैन । किनकि, यो सत्य कुरा हो ।

कतिपय मानिस यो संसारमा मान्छेले भनेका कुराकै आधारमा आफ्नो जीवनको जग निर्माण गर्छन् तर त्यो कत्तिको दह्रो छ भन्ने कुरालाई हेर्दैनन् । समुद्रको किनारमा यदि तपाईंले बालुवा जम्मा गरेर त्यसबाट एउटा सानो घर बनाए पनि त्यो धेरै समय टिक्दैन । किनभने, समुद्रको पानीले त्यसको नामोनिसान मेटिदिनेछ । समय पनि एउटा यस्तै चिज हो । आफूले आपैmँलाई सोच्नुहोस्, तपाईं पनि एउटा समुद्रको किनारमा हुनुहुन्छ । यद्यपि यो समुद्रको जुन पानी छ त्यो पानी होइन । त्यो समय हो । जुन छालजस्तै आउने–जाने गरिरहन्छ ।

अनि एकदिन यस्तो पनि हुनेछ– यो विश्वासको संसारले तपाईंलाई जे बताएको छ, जसमाथि तपाईंले आफ्नो जग बसाल्नुभएको छ, त्यो छालले सबै चिजलाई समाप्त गरिदिनेछ । त्यसपछि त आनन्द मात्रै बाँकी रहनेछ ।यो संसारमा आएर हामीले जे–जे गरेका छौँ– हामीले आफ्नो घर बनायौँ । व्यापार ग¥यौँ । नाम कमायौँ । जे–जे गरेका छौँ ती सबै साथमा त जाँदैनन् । अनि साथमा केचाहिँ जान्छ ! यदि यो जीवनमा तपाईंले आनन्द लिनुभएको छ भने त्यो आनन्द तपाईंसँगै जानेछ । अरू केही पनि जाँदैन । यदि आनन्द प्राप्त भएन भने जुन दुःख छ त्यो पनि साथैमा जानेछ । त्यसकारण म मानिसहरूलाई भन्छु, ‘दुःखी नहुनुहोस् ।’

जति पनि समस्या छन् तिनको हल निकाल्न सकिन्छ ।तर तपाईंका अगाडि एउटा एकदमै ठूलो समस्या छ । तपाईं त्यो समस्यामा अल्झिई यो समयलाई बिताएर खेर फालिरहनुभएको छ । यो नै सबैभन्दा ठूलो समस्या हो । यो समस्याको समाधान तपाईंभित्र छ, तपाईंको हृदयमा छ । आफूले आफूलाई चिन्नुहोस् । यस जीवनलाई सचेत भएर जिउनुहोस् अनि आफ्नो हृदयलाई आभारले भरिपूर्ण तुल्याउनुहोस् । किनभने, त्यही साथमा जानेछ, त्यो आनन्द तपाईंसँगै जानेछ ।

यदि हामीले यी सबै कार्य गर्न सक्यौँ भने हाम्रा लागि सबैथोक हुन्छन् । हामीले जीवनमा अन्तिम श्वाससम्म आनन्द लिनुपर्छ । त्यो आनन्दका लागि जे सम्भव हुन्छ त्यो गरौँ । ‘साँच्ची नै तपाईंलाई धन्यवाद, किनकि तपाईंले मलाई यो जीवन प्रदान गर्नुभयो !’ भनेर सृष्टिकर्तालाई धन्यवाद अर्पण गरौँ ।

कतिपय मानिस त यो जीवनलाई नै समाप्त पार्नतिर लागेका छन् । आत्महत्या गर्न चाहन्छन्, किन ? जुन आत्महत्याको बाटोलाई आज मानिसले अपनाउन चाहेको छ यो त आफैँ हुन्छ । किनभने, एकदिन त सबैले यहाँबाट जानै पर्नेछ । तर, हामी जीवित रहुन्जेलसम्म केही न केही तरिकाबाट, कुनै न कुनै विधिद्वारा आनन्द लिने कोशिश गर्नुपर्छ । यस्तो सोच्नुहुँदैन– ‘अब मानिसहरूले मेरा बारेमा के सोच्नेछन् !’

केही वर्षअघि म कैदीबन्दीहरूलाई भेट्नका लागि गएँ, उहाँहरूसँग कुरा गर्नका लागि जेलमा गएको थिएँ । त्यतिखेर मैले उनीहरूलाई मेरो कुरा सुनाएँ । सुनाइसकेपश्चात् प्रश्न–उत्तरको समयमा एकजना मानिसले प्रश्न सोध्नुभयो– ‘तपाईं मलाई यो बताइदिनुहोस्, केही दिनमा म यहाँबाट बिदा हुन लागेको छु । मेरो यहाँ बस्ने समयावधि सकिन लागेको छ । त्यसपछि म आफ्नो गाउँमा जानेछु र मलाई त यही चिन्ताले सताइरहेको छ– म गाउँ पुग्दा मानिसहरूले मतिर हेर्न थाल्नेछन् । तिनले के भन्लान्, मेरा बारेमा कस्तो सोच्लान् ?’

मैले भनेँ, ‘साँचो कुरा के हो भने उनीहरूलाई केही पनि वास्ता छैन । तपाईं कहाँबाट आउनुभयो, तपाईंलाई के भएको थियो ? किनभने, उनीहरूका आफ्नै समस्या हुन्छन् । उनीहरू त त्यसकै पछाडि लागिरहेका हुन्छन् । उनीहरूसँग तपाईंका बारेमा सोच्ने समय नै कहाँ हुन्छ र !’

किनकि, वास्तविकता यही नै हो । मानिसहरूसँग समय नै छैन । भनिदेलान् तर सोच्ने फुर्सदै छैन । सबैभन्दा ठूलो कुरा के हो भने, यदि तपाईं आफ्नै नजरबाट गिर्नुभयो भने सबैको नजरमा गिर्नुहुनेछ । तथापि, तपाईं आफ्नो नजरमा गिर्नुभएको छैन भने त सबै कुरा राम्रो हुन्छ । मानिसहरूको कुरातिर ध्यान नदिईकन तपाईं आफ्नो जीवनतिर ध्यान दिनुहोस् । यो जीवनलाई सफल पार्नुहोस् अनि आनन्द लिनुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)