भक्तपुर ।
भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुका अनुसार ७ राउन्ड गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका–५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका विकको साथबाट ५६ केएफ १३ उल्लेख लाइभ राउन्ड फेला परेको छ । विकलाई भक्तपुर जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोली जेन–जी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने यकिन नभइसकेको प्रहरीको भनाइ छ ।











प्रतिक्रिया