काठमाडौं।
केन्द्रिय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले १४ घण्टाभित्र नियन्त्रणमा लिएर पुनः कारागार पठाएको छ ।
सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका काठमाडौं महानगरपालिका–२६ सामाखुसी घर भएका ३१ वर्षीय विशाल महर्जन बिहीबार बिहान कारागार परिसरबाट फरार भएका थिए ।
महर्जनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट प्रहरी प्रनानी विचित्र थापामगरको कमाण्डमा खटिएको टोलीले बिहान १२:३५ बजे काठमाडौं–२६ रानीवारीस्थित दक्षिणकाली मन्दिर नजिकैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महर्जनलाई त्यसपछि प्रहरी बृत लैनचौरमा राखिएको ब्युरोले जनाएको छ ।
उनीमाथि प्रारम्भिक सोधपुछपछि दिउँसो २ बजे प्रहरी नायब निरीक्षक (प्र.स.नि) चन्द्रमाया श्रेष्ठको कमाण्डमा खटिएको चार जनाको टोलीमार्फत उनलाई पुनः केन्द्रिय कारागार जगन्नाथ देवल, सुनधारा पु¥याइएको प्रहरीले जनाएको छ ।
सवारी ज्यान मुद्दामा दोषी ठहर भई कारागारमा सजाय काटिरहेका महर्जनको फरार र नियन्त्रणमा लिने घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार कारागार सुरक्षाबारे पनि प्रारम्भिक आन्तरिक छानबिन अघि बढाइएको छ ।











प्रतिक्रिया