यो बेला भनेको नेपाली पर्यटन मुख्य सिजन अर्थात् ‘पिक सिजन’ चलिरेहको अवस्था हो । तर यस वर्षको मुख्य पर्यटन सिजनमा पनि हुनुपर्ने जति पर्यटकीय चहलपहल भइरहेको छैन । पर्यटनको मुख्य सिजन शुरु भएको गत महिना अर्थात् सेप्टेम्बर महिनामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या गतवर्षको सेप्टेम्बरमा भन्दा १८.३ प्रतिशतले घटेको तथ्यांक बाहिर आएको छ । हालै आएको तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् भने सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार ३०२ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए ।
यसरी हेर्दा नेपाल सरकारले सन् २०२५ मा १६ लाख विदेशी पर्यटक नेपाल भ्रमण गराउने उद्घोष जुन गरेको थियो त्यो केवल उद्घोष अर्थात् घोषणामै सीमित रहने देखिन्छ । सीमित रहने मात्रै होइन कि, सरकारले लिएको लक्ष्यभन्दा ३०–३५ प्रतिशतले नै कमी आउने देखिन्छ । किनभने, यो वर्ष अर्थात् सन् २०२५ मा ११ लाख हाराहारीको संख्यामा मात्रै विदेशी पर्यटक नेपाल आउने सम्भावना रहेको छ । जबकि नेपाल सरकार र सरकारी कर्मचारीहरुले चाहिँ सन् २०२४ मा नेपाल आएका पर्यटकको संख्यालाई आधार मानेर सन् २०२५ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनेको थियो, उद्घोष गरेको थियो ।
हुन पनि संख्याकै कुरो गर्दा सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सोही आधारमा नेपाल सरकार र सरकारी कर्मचारीहरुले चाहिँ सन् २०२५ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनेको थियो, उद्घोष गरेको थियो । जबकि अलि पत्यारिलो वास्तविकतामा आधारित भएर नेपाल सरकार र सरकारी कर्मचारीहरुले नेपाल भित्र्याउने पर्यटकको संख्या तोकेको, घोषणा गरेको भए, सन् २०२५ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १३ लाखदेखि १३ लाख ५० हजारसम्मको संख्या तोकेर लक्ष्य लिनुपर्ने थियो ।
तर, अचम्म सन् २०२४ मा नेपाल आएका पर्यटकको संख्या ११ लाख ४७ हजार ५६७ पुग्नेबित्तिकै सो संख्यालाई आधार मानेर सन् २०२५ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने उद्घोष गरिएको थियो । यो कुनै पनि हालतमा पुग्न नसक्ने लक्ष्य हो । सन् २०२५ को बाँकी ३ महिनामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढीमा ११ लाख मात्रै पुगे पनि ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ ।
तर, अचम्म सन् २०२४ मा नेपाल आएका पर्यटकको संख्या ११ लाख ४७ हजार ५६७ पुग्नेबित्तिकै सो संख्यालाई आधार मानेरसन् २०२५ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने उद्घोष गरिएको थियो । यो कुनै पनि हालतमा पुग्न नसक्ने लक्ष्य हो । सन् २०२५ को बाँकी ३ महिनामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढीमा ११ लाख मात्रै पुगे पनि ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ ।
नेपालको पर्यटन क्षेत्रबाट जीडीपीमा योगदानको कुरो गर्दा एकरुपता छैन । कुनै वर्ष १.३ प्रतिशतमा पनि झरेको देखिन्छ भने कुनै वेला ३.७७ प्रतिशत, कुनै बेला ६.७ प्रतिशत पुगेको देखिन्छ । जस्तो– सन् २०२३ मा नेपालको जीडीपीमा पर्यटनको योगदान ६.७ प्रतिशत रहेको थियो भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या १० लाख १४ हजार ८७६ जना रहेको थियो । त्यस्तै सन् २०२३ मा विश्व भ्रमण गर्न निक्लेका पर्यटकको संख्याको आधारमा नेपालको स्थान १४७ रहेको थियो ।
गतवर्ष अर्थात् सन् २०२४ मा राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्तरुपमा गरेको ‘टुरिजम सेटलाइट एकाउन्ट’ को शुरुवाती अध्ययनअनुसार समग्र पर्यटन क्षेत्रबाट कुल गर्हस्थ उत्पादन (जीडीपी) मा ३.७७ प्रतिशत रहेको थियो । सो अध्ययनअनुसार समग्र नेपाली पर्यटन क्षेत्रमा ११.५ प्रतिशत रोजगारी सिर्जना भएको समेत जनाइएको छ ।
त्यसो त नेपाल सरकारको काम गरेर देखाउने होइन कुरो मात्रै गरेर झारा टार्ने बानीलाई हेर्ने हो भने, आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा तत्कालीन अर्थमन्त्रीले आर्थिक सर्वेक्षण २०८०÷०८१ को प्रतिवेदनलाई उल्लेख गर्दै आउँदो १० वर्षमा नेपाल भ्रमण गर्न आउने प्रतिपर्यटक औसतमा १२५ अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको थियो । जबकि नेपाल सरकारको सो लक्ष्य पनि पूरा नहुने देखिन्छ । किनभने, त्यस्तै गरेर नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च १० वर्षमा १२५ अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको छ । जबकि सन् २०२४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन केवल ४०.०५ अमेरिकी डलर मात्रै खर्च गरेको तथ्यांकमा उल्लेख गरिएको छ । जबकि सन् २०२३ मा चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन केही बढी अर्थात् ४१ अमेरिकी डलर खर्च गरेको तथ्यांक रहेको छ । अन्य देशको हेरीकन विदेशी पर्यटकको औसत नेपाल बसाइचाहिँ अलि राम्रै मान्नुपर्ने हुन्छ । किनभने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिव्यक्ति औसत बसाइ अवधिचाहिँ १३.०१ प्रतिशत रहेको थियो । साथै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाइ अविध हेर्दा केही वर्षको तथ्यांकमा त प्रतिदिन औसत बसाइ अवधि १५ दिन पनि नाघेको देखिन्छ । जुन बसाइ अवधिको तथ्यांकलाई हामीले धेरै राम्रो मान्नुपर्ने हुन्छ ।
यसरी तथ्यांक हेर्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुले प्रतिव्यक्ति प्रतिदिन औसतमा गर्ने खर्च वार्षिक ०.५ प्रतिशत मात्रै बढ्ने हो भने नेपाल सरकारले लिएको आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकलाई दैनिक गर्ने खर्चको परिधिलाई १२५ अमेरिकी डलर पु¥याउन लगभग २०–२२ वर्षदेखि २८–३० वर्ष लाग्ने अनुमान गर्न सकिन्छ । यो मेरो आफ्नो ‘रफ’ अनुमान मात्रै हो, कुनै गहिरो अध्ययन–अनुसन्धान गरेर निकालिएको होइन । वास्तवमा यही क्रममा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले दैनिक खर्च गर्ने हो भने आगामी १० वर्षमा लगभग नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च प्रतिव्यक्ति ५५–५६ अमेरिकी डलरभन्दा बढी नपुग्ने देखिन्छ । यसरी हेर्दा हामीले अब कम्तीमा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले हरेक वर्ष प्रतिव्यक्ति कम्तीमा पनि १५–२० अमेरिकी डलरदेखि २५–३० अमेरिकी डलरका दरले खर्च गराउने लक्ष्य लिएर त्यहीअनुसारको नीति नियम बनाएर कडाइका साथ लागू गराउनेतर्फ पो सोच्ने हो कि ? अब हामीले यसतर्फ पनि गम्भीर भए सोच्न र बृहत्रुपमा बहस एवं छलफल चलाउनुपर्ने आवश्यकता रहेको देखिन्छ । त्यसो गर्न सकिएमा आगामी १० वर्षमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन अनुमानित २००–२५० अमेरिकी डलरदेखि २७०–२८० अमेरिकी डलर खर्च गर्ने थिए कि ! यो मेरो अनुमान मात्रै हो । हुन पनि हरेक वर्षको बजेट भाषण र अन्य पर्यटकीय गतिविधि हुने कार्यक्रममा सरकार अथवा सरकारी कर्मचारीले यति लाख, उति लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनी हचुवाको भरमा संख्या तोक्नुभन्दा पनि वास्तविकताको आधारमा पर्यटकको संख्या यति पु¥याउने भनी लक्ष्य तोक्नुपर्ने देखिन्छ ।
त्यसो त न कुनै पनि बाह्य मुलुकमा हवाई उडान थपेको छ, न बाह्य मुलुकका हवाई उडान नेपालमा चालू गर्न सकेको छ, खालि क्षणभरको सस्तो लोकप्रियताका लागि यति र उति भनेर पर्यटक संख्या तोकेको छ । त्यसैले अझै पनि हामीले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउनका लागि धेरैभन्दा धेरै बाह्य मुलुकसँग हवाई उडान सम्झौता गर्ने र ती मुलुकमा जति सक्दो छिटो हवाई उडान गरिहाल्नुपर्ने हुन्छ । जुन–जुन मुलुकले नेपालसँग हवाई उडान सम्झौता गर्छन् अथवा गरेका छन्, ती मुलुकलाई नेपालमा हवाई उडान गरिहाल्न जोड दिनुपर्ने देखिन्छ । त्यस्तै हामी आफैँले पनि जति सक्दो चाँडो बाह्य हवाई उडान गर्ने गन्तव्य थप्नै पर्ने हुन्छ । विगत लामो समयदेखि एसियाका कतिपय देश र युरोप, अस्ट्रेलिया, उत्तर तथा दक्षिण अमेरिकाका अधिकांश देशमा नेपालले आफ्नो वायु सोवाबाट सीधा हवाई उडान गर्न नसकेको अवस्था रहेको छ ।
त्यस्तै गरी हाम्रो देशमा अन्तर्राष्ट्रिय हवाई उडान सेवाका लागि भनेर अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको अवस्था हो । तर, पछिल्लोपटक तयार भएका यी दुवै विमानस्थलमा पर्याप्त र नियमित उडान हुन सकेको छैन । विगतमा केही समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत हुँदाताका भने ती विमानस्थलमा धेरथोर अन्तर्राष्ट्रिय हवाई उडान भएको थियो । यी विमानस्थलहरु तयार भएको लगभग ५ वर्ष भएको छ । तर पनि यी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु नियमितरुपमा र पूर्ण क्षमतामा सुचारु हुन सकेका छैनन् । त्यसो हुनुका अनेक कारणमध्ये भारतले आफ्नो भूभागबाट (पश्चिम क्षेत्र महेन्द्रनगर, नेपालगन्ज हुँदै) अहिलेसम्म नेपाल आउन चाहने विदेशी हवाई कम्पनीहरुलाई सीधा हवाई रुट नदिनु पनि एक हो भन्ने भनाइ जानकारहरुको छ ।
वास्तविक कुरो गर्ने हो भने पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलमा नियमितरुपमा अन्तर्राष्ट्रिय हवाई उडान गर्ने हो भने नेपाल सरकारले भारत सरकारलाई आफ्नो भूभागबाट (पश्चिमको महेन्द्रनगर, नेपालगन्ज हुँदै) नेपाल आउन चाहने विदेशी हवाई कम्पनीहरुलाई सीधा हवाई रुट उपलब्ध गराउन पुनः पहल गर्नुपर्ने देखिन्छ । निरन्तररुपमा नेपाल सरकारले भारत सरकारलाई झकझक्याइरहनुपर्ने देखिन्छ । यहाँ निरन्तर भन्ने शब्द किन प्रयोग गरिएको हो भने, विगतमा पनि नेपाल सरकारले भारत सरकारलाई आफ्नो भूभागबाट (पश्चिमको महेन्द्रनगर, नेपालगन्ज हुँदै) नेपाल आउन चाहने विदेशी हवाई कम्पनीहरुलाई सीधा हवाई रुट दिन आग्रह गर्दै आएको हो ।











प्रतिक्रिया