पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतकाे आदेश


काठमाडौँ।

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश दिएकाे छ । अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो ।

२०७९ पुस १० गते चिनियाँ नागरिकले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारबाट छुटाउन महराले दबाब दिएको आरोप छ।

महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो।