विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि बिर्सने छैन: प्रधानमन्त्री कार्की


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छन्।

उनले बुधबार विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै बन्धकमुक्त हुने २ वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाकाबीच विपिनको दुःखद मृत्युको हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको उल्लेख गरेकी हुन्। विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने बताउदै उनले यो वीरतापूर्ण कार्यले उनलाई सधैं नेपाली गौरवको प्रतिकका रूपमा जीवित राख्ने समेत बताइन्।

बन्धक हुनुपूर्वका अन्तिम क्षणमा विपिनको अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर कैयौं साथीहरूको ज्यान बचाएकोप्रति प्रधानमन्त्री कार्कीले कृतज्ञता प्रकट गरेकी छन् ।