एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन एमाले अध्यक्ष ओलीकाे प्रस्ताव


काठमाडौँ।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्।

ललितपुरमा बुधबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे प्रस्ताव गरेका हुन्। राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको उनकाे तर्क छ। एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको तयारी गरिहँदा अध्यक्ष ओलीले एमालेतर्फ आउन आग्रह गरे।

उनले भने,-‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्, लाखौं कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’ अध्यक्ष ओलीले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल समेत गरेका छन् ।