रसुवा ।
रसुवा को कालिका गाउँ पालिका वडा नम्बर ५ को वडा कार्यालय ले जिवजिवेमा रहेको निलकण्ठ नमुना माध्यमिक विधालयमा अध्ययनरत १ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको छ ।
वडा नं। ५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा भ्ऋम् देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभर पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायण देवकोटाले जानकारी दिनुभयो ।
विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया