काठमाडौँ।
हमासको कब्जामै मृत्यु भएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएपछि उनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा राखिएको छ । राजदूत धनप्रसाद पण्डितका अनुसा हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुने भएकालेर सैनिक अस्पतालमा रखिएको छ।
रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने र त्यसपछि पुष्टि भएमा इजरायली सरकारले नै नेपाल पठाईदिने राजदूत पण्डितले बताए। उनका अनुसार त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।त्यसयता उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव सोमबार आबेर हस्तान्तरण गरेको थियो ।











प्रतिक्रिया