काठमाडौँ। नेपाली बिद्यार्थी विपिन जोशीको गाजास्थित हमास समूहको कब्जामै रहँदा ज्यान गएको पुष्टि भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिनसहित चारजनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका छन् ।
विपिन जोशीसहित चार बन्धकको शव लिन रेडक्रसको टोली गाजा गइरहेको इजरायली सेनाले जनाएको छ। बीबीसीका अनुसार हमासले विपिनसँगै गाय इलोज, योसी साराबी र डेनियल पेरेट्जको शव इजरायललाई हस्तान्तरण गर्ने भएको हो।
यसअघि आजै हमासले २० जीवित बन्धक फिर्ता गरिसकेको छ।
अमेरिकाको मध्यस्तथतामा इजरायल र हमासबीच इजिप्टमा भएको वार्तामा युद्धविराम सहमति भएपछि बन्धक रिहा गरिएको हो।
सम्झौताअनुसार हमासले जीवित २० र मृत २८ बन्धक फिर्ता गर्नुपर्नेछ।











प्रतिक्रिया