काठमाडौँ।
मधेश प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिएकी छन् । मन्त्री तिवारीले सोमबार पदबाट राजीनामा दिएकी हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन्।
तिवारीले राजीनामाको कारण भने सार्वजनिक गरेकी छैनन् । वर्तमान सरकारबाट कांग्रेस, एमाले र जनमतले आफ्नो समर्थन फिर्ता लिए पनि लोसपाले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन ।











प्रतिक्रिया