काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ११ किलो २ सय ७५ ग्रामसहित ३ जना भारतीय नागरिहरू आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर छन् ।
एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।











प्रतिक्रिया