अझै ५,५४७ कैदीबन्दी फरार


काठमाडौं।

जेनजी आन्दोलनका क्रममा भागेका विभिन्न कारागारका १४ हजारभन्दा बढी कैदीबन्दीमा अझै ५ हजार ५ सय ४७ कैदीबन्दी फरार रहेको कारागार व्यवस्था विभागले जनाएको छ । विभागले आइतबार देशभरबाट फरार भएका सबै कैदीको नाम र विवरण सार्वजनिक गरेको छ । फरार भएकामध्ये ९ हजार ८ कैदीबन्दी फिर्ता भइसकेको विभागले जनाएको छ ।

गृह मन्त्रालयले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरी जिल्लास्तरमा कार्य भइरहेको जनाएको छ । सो कार्यदलले सक्रियतापूर्वक काम थालेपछि नै फरार कैदीबन्दी धमाधम सम्पर्कमा आइरहेको कारागार व्यवस्था विभागले जनाएको छ ।