एमाले महाधिवेशन मंसिर अन्तिम साता 


भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोे ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।आज  भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको बैठक पछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।

बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ ।

एमाले सचिवालय बैठकले संसद् विघटन असंवैधानिक भएकोले बदर हुनुपर्ने माग राख्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि बढाउने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले सचिवालय बैठकमा विभिन्न नेताहरुले खुलस्त ढंगले कुरा राखेको बताए । 

सचिवालय बैठकमा नेताहरूका फरक फरक विचार आए पनि बैठकपछि एकीकृत धारणा तयार पारेको र  पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन सबै सहमत भएको उहाँले बताए । 

केन्द्रीय कमिटी बैठकबाट जनपरिचालनको ठोस कार्ययोजना बनाउने र महाधिवेशन केन्द्रित कार्यक्रमहरु घोषणा हुने ज्ञवालीले बताए ।