टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका एक युवक आफैं पुगे प्रहरीकोमा


काठमाडौँ।

जेनजी आन्दोलनमा पेस्तोलसहित देखिएका भनिएका एक युवक प्रहरी कार्यालय पुगेका छन्। टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक जना टीओबीको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका हुन् ।

आइतबार उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । त्यसपछि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो ।

प्रहरीसँग उनले पेस्तोल बोकेको उक्त भिडिओ जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् । सुटिङको क्रममा खिचिएको उक्त भिडिओमा देखिएको पेस्तोल नक्कली रहेको दाबी उनीहरुले गरेको प्रहरी बताएको छ।

टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् ।