नेपालको उत्कृष्ट जित, शृङ्खला २-२ को बराबरीमा


काठमाडौं ।

क्वालालम्पुरमा मलेसियासँगको पाँच खेलको टी–२० शृङ्खलाको चौथो खेलमा नेपाल महिला क्रिकेट टोलीले ६ विकेटको जित दर्ता गर्दै शृङ्खला २–२ को बराबरीमा पुर्‍याएको छ। मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७।३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान इन्दु वर्माले सर्वाधिक ४८ रन बनाइन् भने रुविना क्षेत्रीले २३ रनको योगदान दिइन्।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो। एलिसाले ५६ रन बनाउँदै अर्धशतक पूरा गरिन्। नेपालका लागि कविता कुँवरले ३ विकेट लिइन्। अब शृङ्खलाको अन्तिम निर्णायक खेल भोलि हुने छ।