निजी क्षेत्रद्वारा घुसपैठ र लुटपाटमा कडा कारबाहीको माग


काठमाडौँ ।

हालैको जेन–जी प्रदर्शनमा भएको घुसपैठ, लुटपाट र आगजनीप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्रका तीन प्रमुख छाता संगठनले सरकारसँग तत्काल कानुनी कारबाहीको माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गर्दै निजी क्षेत्रमाथि आक्रमण भएको गुनासो गरेका हुन्।

उनीहरूले तोकिएको मिति फागुन २१ मै निर्वाचन गरिनुपर्नेमा पनि जोड दिएका छन्। सरकारको डिजिटल भन्सार प्रणाली र पारदर्शिता प्रवर्द्धनका प्रयासको प्रशंसा गर्दै निजी क्षेत्रले त्यसको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति दोहोर्याउँदै उद्यमशीलता प्रवर्द्धनका लागि सुरक्षित वातावरणको मागसमेत गरिएको छ।