कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा, दशैंलाई बिदा


काठमाडौं ।

आज कोजाग्रत पूर्णिमा, धनधान्यकी देवी महालक्ष्मीको पूजा गरी दशैंलाई बिदा गर्ने दिन हो। रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गरिने यस पर्वले दशैंको औपचारिक समापन जनाउँछ।

विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज समाप्त हुँदैछ। आज बिहान दशैंका प्रसाद र जमरा नदी वा तीर्थस्थलमा विसर्जन गरिन्छ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दानको परम्परा प्रारम्भ हुने भएकाले यो दिन तिहारको तयारीको सुरुआतको रुपमा पनि लिइन्छ।