रौतहट ।
लालबकैया र बाग्मती नदि बिभिन्न स्थानमा तटबन्ध कटान गर्दा आसपासका दर्जनौ बस्ति जलमग्न भएको छ ।
बौध्दिमाई नगरपालिका वडानम्बर २ ईनर्वामा लालबकैया नदिको तटबन्ध भत्किएर बस्तीमा पानी पसेपछि घरमै फसेका सोही पालिकाको वडानम्बर ५ मा पर्ने कोपवा निबासी १८ बर्षिय कामेश्वर यादब, २५ बर्षिय जयलाल यादब, र ३४ बर्षिय शोभी राय यादबको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
लालबकैया नदिको पानीले बौध्दिमाई नगरपालिका १ बौध्दा अजगैवी र वडानम्बर २ ईनर्वा गाउ पुर्णरुपमा जलमग्न भएको छ । झाझ खोलाको बहाब बढेसंगै सदरमुकाम जलमग्न भएको छ भने अधिकास कार्यालयमा पानी छिरेको सशस्त प्रहरी बल ११ नम्बर हेडक्वाटर गौरले जनाएको छ ।
उता बाग्मती नदिको बाढिले गढिमाई नगरपालिका वडानम्बर ६ धरमपुर कटान गरेको छ भने लालबकैया नदिको बाढिले मौलापुर नगरपालिका १ मर्यादपुर र बौध्दिमाई र मौलापुर बीचमा कटान गर्दा आसपासका बस्ति प्रभाबित बनेको छ ।
बस्तिमा बाढि छिर्नु अगाबै सुरक्षाकर्मीले दुर्गाभगबती गाउपालिकाको वडानम्बर १,२,३,४ को२ सय १२ घरधुरीको १ हजार १ सय ८) जना र राजदेबी नगरपालिकाको वडानम्बर ८ र ९ का ८८ घरधुरीका ५ सय ८० जनाको आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको छ ।
उता बाग्मती नदि किनारमा दाउरा खोज्न क्रममा माधबनारायण नगरपालिका ८ रजवडाका ७५ बर्षिय पनवा देबीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राजु कार्कीले बताउनु भयो ।














प्रतिक्रिया