ग्यास अभाव: व्यवस्थापनमा चुकेको निगम ?


एलपी ग्यास उद्योग संघ भन्छ, ‘नेपाल ग्यास जस्तै अभाव नभएपनि सर्वसाधारणले हिमाल, एचपी, नमस्ते, बाबा, राजधानी, त्रिवेणी, आरतीलगायतका ग्यास पनि सहजै पाउन सक्दैनन् ।’

काठमाडौं ।

बजारमा नेपाल ग्याससँगै हिमाल, एचपी, नमस्ते, बाबा, राजधानी, त्रिवेणी, आरतीलगायतका एलपी ग्याससमेत सहजै उपलब्ध छैनन्। ग्यास पाउन उपभोक्तालाई हप्तादिनसम्म कुर्नु परेको गुनासो छ।

पेट्रोलियम आपूर्तिको जिम्मेवारी पाएको नेपाल आयल निगमले भने नेपाल ग्यासबाहेक अन्य ग्यासमा समस्या नभएको दाबी गरेको छ। तर ग्यास बिक्रेता महासंघ नेपाल र एलपी ग्यास उद्योग संघले सबै कम्पनीको ग्यासमा अभाव रहेको बताएका छन्।

ग्यास अभावको मुख्य जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम र एलपी ग्यास उद्योग संघको रहेको उनीहरूको भनाइ छ।

यसअघि आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडबाडमा आवश्यकभन्दा बढी ग्यास आयात गरिएको र अभाव नहुने दाबी गरेका थिए।