दशैं बिदामा पनि सरकारी भुक्तानी नरोकिने


काठमाडौं ।

दशैं बिदामा पनि सरकारी भुक्तानी प्रक्रिया नरोकिने भएको छ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति लगायतका शीर्षकमा भुक्तानी आदेश प्राप्त भएमा निकासा दिन वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिएको हो।