सिद्धार्थ हस्पिटालिटीलाई तीन अवार्ड


काठमाडौं ।

सिद्धार्थ हस्पिटालिटीले यस वर्षको दक्षिण एसियाली ट्राभल अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्ड हात पारेको छ ।
चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले ‘लिडिङ रिभरफ्रन्ट होटल÷रिसोट’को अवार्ड प्राप्त गरेको छ भने, भैरहवास्थित पाँचतारे सिद्धार्थ भिलासाले ‘लिडिङ वेडिङ होटल’ र ‘लिडिङ मिटिङ एण्ड कन्फरेन्स होटल’ गरी दुई विधामा अवार्ड जितेको हो ।

हस्पिटालिटी क्षेत्रमा दक्षिण एसियाकै प्रतिष्ठित मानिने साटा अवार्डमा यसपटक पनि विभिन्न देशका होटल, रिसोर्ट, ट्राभल कम्पनी र एयरलाइन्स सहभागी भएका थिए ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले यो सफलता अतिथि, ग्राहक र साझेदारको माया र विश्वासकै कारण सम्भव भएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गर्नुभयो । सन् १९९८ मा कैलालीको टीकापुरबाट सुरु भएको सिद्धार्थ हस्पिटालिटी अहिले देशभर विस्तार भइसकेको छ।

हाल यस अन्तर्गत सिद्धार्थ भिलासा (पाँचतारे), सिद्धार्थ वैभव (चारतारे), सिद्धार्थ बाटिका (तिनतारे) होटलसहित सिद्धार्थ कटेज, सिद्धार्थ क्याफे र चाँडै सञ्चालनमा आउने एस होटलसमेत रहेका छन् । कम्पनीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ ।