काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको विस्तारमार्फत युवाका लागि रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
काठमाडौंको सामाखुसीमा चेन्ज डिजिटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै चार्जिङमा समय लाग्ने भएकाले वरपर होटल, रेष्टुरेन्ट र कफीसप जस्ता व्यवसायमार्फत रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।
उहाँका अनुसार चार्जिङ स्टेसन लगानीको आकर्षक क्षेत्र बनेको छ, जसले जलविद्युत खपत बढाउन, पेट्रोलियम आयात घटाउन र विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन मद्दत गर्नेछ । सरकारले २०३० सम्म निजी सवारीको ९० प्रतिशत र सार्वजनिक सवारीको ७० प्रतिशत विद्युतीयमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ।
हाल नेपाल विद्युत प्राधिकरणले ६२ र निजी क्षेत्रले करिब ८०० चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन्। साथै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि देशभर १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिरहेको छ।











प्रतिक्रिया