सुन सातामा तोलामा ६ हजार ५ सय, चाँदी १६० रुपैयाँले बढ्यो


काठमाडौँ ।

असोज ३ देखि ९ गतेसम्मको एक सातामा छापावाल सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले बढेर २ लाख २२ हजार ५ सय रुपैयाँ पुगेको छ।

सातै अवधिमा सुनको मूल्यमा उतारचढाव देखिए पनि असोज ८ गते हालसम्मकै उच्च मूल्य २ लाख २३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य पनि सातामा तोलामा १६० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य २ हजार ७४० रुपैयाँ पुगेको छ।