१०० भन्दा बढी महिला रोजगारी दिने निर्यात उद्योगलाई सस्तो कर्जा


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कम्तीमा १०० महिलालाई रोजगारी दिने र उत्पादनको २५५ निर्यात गर्ने उद्योगलाई न्यूनतम ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ। यस्तो कर्जामा आधार दरमा अधिकतम १५ प्रिमियम थप्न पाइनेछ।

जेनजी प्रदर्शनबाट प्रभावित व्यवसायलाई तलब भत्ता लगायतका लागि आधार दरमा अधिकतम ०.५५ प्रिमियमसहित कर्जा दिइनेछ, जसमा ६ महिनासम्म २५ ब्याज सरकारले अनुदानमा उपलब्ध गराउनेछ।

रसुवा र तातोपानी नाकाबाट प्रभावित कर्जालाई पुनरतालिकीकरण गर्न सकिनेछ, तर पुरानै कर्जा वर्गमा राखिनुपर्नेछ। रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।