काठमाडौँ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बुधबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि आफ्नो नेतृत्वमा सरकार गठन भएको भन्दै उनले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने जिम्मेवारीमा प्रतिबद्ध रहेको बताइन्।
उनले जेनजीहरूको मताधिकार प्रदान गर्ने र मतदाता नामावली अद्यावधिक गर्ने गरी विद्यमान निर्वाचन कानुनलाई अध्यादेशमार्फत संशोधन गरिएको जानकारी गराइन्। त्यस्तै देशबाहिर रहेका मतदाताको अधिकार पनि सुरक्षित गराउने गरी सरकारले काम गरेको उनको भनाइ छ।
उनले फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेकी छन्।











प्रतिक्रिया