३ हजार निवेदनमा २३ अर्ब ३९ करोडको बीमा दाबी


काठमाडौं ।

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण बीमा कम्पनीहरूमा २३ अर्ब रुपियाँभन्दा बढी क्षतिपूर्ति दाबी दर्ता भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज ८ गतेसम्म निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा २ हजार ९८८ वटा दाबी दर्ता भएका छन् । ती दाबीहरूको मूल्य २३ अर्ब ३९ करोड २७ लाख रुपियाँभन्दा बढी पुगेको छ ।

बुधबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै क्षतिपूर्ति दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । कम्पनीमा हालसम्म ३०७ दाबी दर्ता भएका छन्, जसको मूल्य ५ अर्ब ४५ करोड ९३ लाख रुपियाँ छ । दोस्रो स्थानमा द ओरियण्टल इन्स्योरेन्स रहेको छ । यस कम्पनीमा ८६ दाबीका आधारमा ५ अर्ब २३ करोड २४ लाख रुपियाँ दाबी दर्ता भएको छ । तेस्रो ठूलो दाबी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा परेको छ, जसमा १९६ दाबीका आधारमा २ अर्ब ७९ करोड ६६ लाख रुपियाँ क्षतिपूर्ति दाबी भएको छ । शिखर इन्स्योरेन्समा ३९७ दाबी दर्ता भएका छन्, जसको मूल्य २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ बराबर छ ।

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२२ दाबी दर्ता भई १ अर्ब ५७ करोड ५९ लाख रुपियाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २६१ दाबी भई १ अर्ब २३ करोड ७८ लाख रुपियाँ र नेको इन्स्योरेन्समा २२९ दाबी दर्ता भई १ अर्ब १२ करोड ४३ लाख रुपियाँ बराबरको बीमा दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ ।

सानिमा जीआईसी इन्स्योरेन्समा १५२ दाबीबाट ८४ करोड ४४ लाख, राष्ट्रिय बीमा कम्पनीमा ३७५ दाबीबाट ९० करोड ६८ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा २०५ दाबीबाट ५३ करोड २० लाख, नेपाल इन्स्योरेन्समा ९२ दाबीबाट ४८ करोड २ लाख, एनएलजी इन्स्योरेन्समा १९० दाबीबाट ५१ करोड, प्रभु इन्स्योरेन्समा १०९ दाबीबाट २० करोड ४९ लाख र नेशनल इन्स्योरेन्समा २२ दाबीबाट ६ करोड ८९ लाख रुपियाँको दाबी दर्ता भएको छ ।

लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १० दाबीबाट १ करोड १५ लाख, स्टार माइक्रोमा ९ दाबीबाट ७२ लाख, नेपाल माइक्रोमा १७ दाबीबाट ४१ लाख ५० हजार र ट्रस्ट माइक्रोमा ९ दाबीबाट ४४ लाख रुपियाँ बराबरको बीमा दाबी दर्ता भएको छ ।


सम्पत्ति बीमाको दाबी उच्च

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल दाबी दर्तामध्ये सबैभन्दा ठूलो दाबी सम्पत्ति बिमामा परेको छ । सम्पत्ति बिमामा मात्र ५९४ दाबी दर्तामा १९ अर्ब ३ करोड २८ लाख रुपियाँ बराबरको दाबी भएको छ ।

त्यस्तै मोटर बिमामा २ हजार २०९ दाबीमार्फत ३ अर्ब ६५ करोड ४ लाख रुपियाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १४४ दाबीबाट ३४ करोड ७२ लाख रुपियाँ, परिवहन बिमामा ११ दाबीमार्फत १ करोड ५५ लाख रुपियाँ र अन्य शीर्षकमा ३० दाबीबाट ३४ करोड ६६ लाख रुपियाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ ।

प्रदेशगत रुपमा सबैभन्दा ठूलो क्षति बागमती प्रदेशमा भएको छ । बागमतीमा मात्रै १ हजार ६०८ दाबी दर्ता भई करिब १८ अर्ब ४ करोड ३ लाख रुपियाँ बराबरको दाबी भएको छ ।कोशी प्रदेशमा ३७७ दाबीबाट २ अर्ब २५ करोड रुपियाँ, गण्डकी प्रदेशमा २१९ दाबीबाट १ अर्ब ७९ करोड ३४ लाख रुपियाँ, मधेश प्रदेशमा ३२३ दाबीबाट ६५ करोड ७१ लाख रुपियाँ, लुम्बिनी प्रदेशमा २५४ दाबीबाट ५२ करोड ८२ लाख रुपियाँ, सुदूरपश्चिम प्रदेशमा १८२ दाबीबाट २५ करोड ८७ लाख रुपियाँ र कर्णाली प्रदेशमा २५ दाबीमार्फत ८ करोड ९८ लाख रुपियाँ बराबरको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ ।