जेनजीको अन्दोलनले शेयरबजारमा पनि असर प¥यो । जेनजीको आन्दोलनले करिब एक हप्तापछि खुलेको पहिलो दिनमा नै शेयरबजारमा पहिरो गएको थियो । त्यस दिन नेप्से ६ प्रतिशतले घटेर बजार बन्द भएको थियो । लगानीकर्ताहरुले एकै दिन २ खर्बभन्दा बढीले नोक्सानी बेहोर्न परेको थियो । यसको कारण को ? लगानीकर्ताहरु कि आन्दोलन ? त्यसो त देशमा हुने गरेका राजनीतिक खिचातानी, आन्दोलन, सरकार परिवर्तन आदिले शेयरबजारमा असर पर्ने गरिरहन्छ । विगतमा भएको यस्ता घट्नाहरुमा पनि शेयरबजारमा नकारात्मक असर पर्ने गरेको थियो । यस्तो अवस्था प्यानिक सेलहरु आउने कारणने नेप्से घट्ने गरेको जानकारहरु बताउँछन । शेयरबजारका लगानीकर्ताहरुमा धैर्यता हुन पर्दछ । डराएर, आत्तियर शेयर बेच्ने गर्दा आफैँलाई घाटा हुने गर्दछ ।
पछिल्लो समयमा शेयरबजारले गति लिन नसकिरहेको अवस्थामा झन् जेनजीको आन्दोलनले शेयरबजारमा बलेको आगोमा घिउ थपैजस्तो भयो भन्दा पनि फरक नपर्ला । शेयरबजारमा नेप्से घट्ने बढ्ने भइरहन्छ भन्दा पनि फरक नपर्ला । यो सामान्य पनि हो । तर पनि कतिपय अस्वाभाविक कारणले हुने गरेको नेप्सेको घटाइलाई सामान्य मान्न सकिँदैन भन्दा पनि फरक नपर्ला । नेप्से बढेपछि घट्छ र घटेपछि बढ्छ पनि ।
नेप्से घट्ने, बढ्ने विभिन्न कारणहरु पनि हुने गरेका छन् । राजनीति, सरकार परिवर्तन, अर्थमन्त्री परिवर्तन, नियामक निकायहरुले गर्ने नीति नियमको परिवर्तन आदि कारणले पनि शेयरबजारमा नेप्से घट्ने, बढ्ने भइरहको हुन्छ । कतिपय लगानीकर्ताहरु नेप्से घटेपछि भोलि पनि घट्छ कि भनेर डराएर, आत्तिएर घाटामा भए पनि शेयरहरु बेच्ने गरेका हन्छन् । यसले पनि नेप्से घट्नेमा मद्दत गरेको हुन्छ । शेयरबजारमा नेप्से घटबढ भइरहन्छ । यसमा आत्तिएर, डराएर शेयर बेच्न नहुने बताउँछन् सरोकारवालाहरु । त्यसोत शेयरबजारलाई हल्लाले हल्लाउने पनि गरेका छन् भनेर भन्ने गरिन्छ । कतिपय अवस्थामा शेयरबजारमा हल्लाको खेती गरेर शेयरबजारलाई आफू अनकूल बनाउने गर्ने गरेका पनि हुन्छन् । यसले पनि शेयरबजारमा प्रभाव पार्ने गरेको छ । कतिपय लगानीकर्ताहरु हल्लाको पछि लागरे गुमाउँछन पनि ।
कतिपयको भनाइमा शेयरबजार भनेको अर्थतन्त्रको ऐना भनेर पनि भन्ने गरेका छन् । शेयरबजारलाई अर्थतन्त्रको एउटा पाटो हो भनेर पनि भन्ने गरेका छन् । शेयरबजारले देशमा छरिएर रहेका पँुजीहरुलाई एकत्रित पार्ने काम गर्ने गरेको बताउँछन् जानकारहरु । त्यसो त शेयरबजारले सरकारलाई बर्सेनि लाभकरको रुपमा अर्बौं कर तिर्ने गरेको बताउँछन् । तर पनि पछिल्लो समयमा शेयरबजार भगवान्को भरोसामा चल्ने गरेको जस्तो पनि देखिन थालेको छ । पछिल्लो समयमा शेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुले केको आधारमा लगानी गर्ने गरेको भन्ने प्रश्न खडा भएको देखिन्छ । श्ोयरबजारमा लगानी गर्दा लगानीकर्ताहरुले केको अधारमा लगानी गर्ने गरेका छन् त कतिपय लगानीकर्ताहरुले कम्पनी समस्याग्रस्तमा जाने गरेको समाचारहरु आइरहने गर्दा पनि ती कम्पनीहरुमा सकारात्मक सर्किट लाग्ने गरेको पनि देखिन्छ ।
पछिल्लो समयमा शेयरबजारको बारेमा विश्लेषण गर्दा वा शेयरबजारलाई नियाल्दा घाटामा रहेका कम्पनीहरुको शेयरको भाउ उच्च रहेको देखिन्छ । लगानीकर्ताहरुले शेयरमा लगानी गर्दा कम्पनीको तथ्यांक सूचक वासलातहरुको अध्ययन नगरी लगानी गरेको जस्तो देखिन्छ । त्यसो त शेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुले शेयरबजारको बारेमा आधारभूत ज्ञानहरु लिएर गर्न पर्ने देखिन्छ । त्यसै गरी आफूले लगानी गर्ने कम्पनीको बारेमा पनि थाहा पाएर मात्र लगानी गर्न पर्ने देखिन्छ भनेर शेयरबजारका विज्ञ विश्लेशकहरुले भन्ने गरेका छन् । तर कतिपय लगानीकर्ताहरुले यस्तो भनाइलाई टोपी लगाइदिने गरेका छन् । पछिल्लो समयमा घाटामा रहेका कम्पनीहरुको शेयर भाउ उच्च छ भने राम्रो कम्पनीहरुको शेयरको भाउ कम छ । कम्पनीहरुको विश्लेशण नगरी घाटामा रहेको कम्पनीहरुको शेयरमा लगानी गर्दा जोखिम बढ्ने हन्छ ।
कतिपयले प्रतिशेयर आम्दानी ऋणात्मक रहेको, फेसभ्यालु सयभन्दा कम रहेको, निष्क्रिय कर्जा बढी रहेको शेयरहरुमा पनि लगानी गर्ने गरेको देखिन्छ । कतिपय अवस्थामा कतिपय लगानीकर्ताहरुले शेयरबजारको टे«न्डलाई हेरेर पनि लगानी गर्ने गरेका छन् भन्दा पनि फरक नपर्ला । शेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरु पनि विभिन्न वर्ग समूहका हुने गरेका छन् । कतिपय लगानीकर्ताहरु सर्ट ट्रममा लगानी गर्ने हुन्छन् भने कतिपय लगानीकर्ताहरु लामो अवधिको लागि लगानी गर्ने हुन्छन् । कतिपय लगानीकर्ताहरु होल्ड गर्ने हुन्छन् त कतिपय बजारको टे«न्ड हेरर लगानी गर्ने गर्छन् । दिनका दिन कारोबार गर्ने गर्छन् ।
शेयरबजार चलायमान हुने नै यस्तै लगानीकर्ताहरुले हो भन्दा फरक नपर्ला । त्यसो त कतिपय लगानीकर्ताहरु बढेको टे«न्डलाई हेरर लगानी गर्ने हुन्छन् । बढेको स्टकमा लगानी गर्ने गर्छन् । यसमा जोखिम बढी हुन्छ । नो रिस्क नो गेन भन्ने भनाइ छ नै । बढेको स्टकमा लगानी गर्दा छोटो समयमा बढी लाभ पनि लिन सकिन्छ तर यसमा जोखिम भने बढी हुन्छ नै । तर पनि नवप्रवेशी लगानीकर्ताहरुले भने यसमा विचार गर्न पर्ने देखिन्छ । छोटो समयमा लाभ लिनको लागि हल्लाको भरमा शेयरबजारमा प्रवेश गर्नेहरु बढी जोखिममा पर्न सक्ने हन्छ ।
शेयरबजारमा प्रवेश गर्ने नवप्रवेशीहरुले हल्लाको भरमा अरुको लहैलहैमा लागेर अरुको देखसिकी गरेर शेयरबजारमा प्रवेश गर्न हँदैन भन्दा पनि फरक नपर्ला । शेयरबजारमा प्रवेश गर्ने लगानीकर्ताहरुले शेयरबजारको बारेमा राम्ररी जानकारी लिएर, शेयरबजारसम्बन्धी आधारभूत ज्ञान हासिल गरेर मात्र शेयरबजारमा प्रवेश गर्न पर्ने देखिन्छ । त्यसो त शेयरबजारमा प्रवेश गर्ने लगानीकर्ताहरुले शेयरबजारमा नै रहिरहने गरी प्रवेश गर्ने गरेका छन् भने एकैपटक दोस्रो बजारमा प्रवेश नगरी प्राथमिक बजारमा प्रवेश गरेर, त्यसबाट अनुभव लिएर दोस्रो बजारमा प्रवेश गर्दा राम्रो हुने देखिन्छ ।
शेयरबजारको प्राथमिक बजारमा जोखिम कम हुने गरेको छ । तर दोस्रो बजारमा भने लाभ पनि बढी हुने र जोखिम पनि बढी हेुने गर्छ । शेयरबजारमा लगानी गर्ने भनेको कमाउनको लागि हो, गुमाउनको लागि होइन ।
शेयरबजारमा लगानी गर्दा लगानीकर्ताहरु बढी चनाखो, जानकार र सचेत हुनुपर्दछ । शेयरबजारमा प्रवेश गर्नुभन्दा पहिले शेयरबजारको बारेमा राम्ररी जानकारी लिएर, अध्ययन गरेर लगानी गर्नुपर्ने देखिन्छ । बढेको ट्रेन्डलाई मात्र हेरर शेयरबजारमा लगानी गर्दा कमाउनेभन्दा गुमाउने सम्भावना बढी हुन्छ ।
यसकारणले पनि शेयरबजारमा लगानी गर्दा लगानीकर्ताहरु बढी चनाखो, जानकार र सचेत हुनुपर्दछ । शेयरबजारमा प्रवेश गर्नुभन्दा पहिले शेयरबजारको बारेमा राम्ररी जानकारी लिएर, अध्ययन गरेर लगानी गर्नुपर्ने देखिन्छ । बढेको ट्रेन्डलाई मात्र हेरर शेयरबजारमा लगानी गर्दा कमाउनेभन्दा गुमाउने सम्भावना बढी हुन्छ । शेयरबजारलाई केही ठूलाबडा लगानीकर्ताहरुले चलाउने गरेको पनि बताउँछन् केही जानकारहरु । यिनीहरुले शेयरबजारलाई आपूm अनुकूल बनाउनको लागि चलखेल गर्ने गरेका हुन्छन् भनेर पनि कतिपय सरोकारवालाहरुले भन्ने गरेका छन् । त्यसैले पनि शेयरबजारमा लगानी गर्दा लगानीकर्ताहरुले बढेको ट्रेन्डलाई मात्र हरेर बढ्दै गरेको शेयरमा मात्र लगानी गर्न नहुने बताउँछन् जानकारहरु । शेयरबजारमा लगानी गर्दा विचार गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।











प्रतिक्रिया