मुगु । छायानाथ रारा नगरपालिका–७ पिनामा महादेवको नमुना मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणमा ३५ लाख ४५ हजार १ सय ५५ रुपियाँ खर्च भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं महादेवका धामी हरिचन्द्र शाहीले जानकारी दिए । नगरपालिकाले योजना शीर्षकमा २७ लाख रुपियाँ विनियोजन गरेको थियो भने स्थानीयवासीहरूले ७ लाख ४५ हजार १ सय ५५ बराबरको श्रमदान गरेको नगरपालिकाका प्राविधिक प्रमुख कर्णराज भामले जानकारी दिए ।
नगरपालिकाको सहयोग र स्थानीयको सक्रिय सहभागितामा सम्पन्न यो मन्दिर धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास लिइएको छ । मन्दिर निर्माणका लागि स्थानीयवासी शिक्षक नेता जंगबहादुर शाही र निवर्तमान वडाध्यक्ष हरिचन्द्र शाहीको महत्वपूर्ण योगदान रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
यस योजनालाई पारदर्शी ढंगले सम्पन्न गर्न प्राविधिक मूल्यांकन, श्रमदान तथा सामग्री सहयोगमा स्थानीयको उल्लेख्य भूमिका रहेको छ । थोरै बजेट भए पनि आकर्षक एवं आधुनिक कलात्मक शैलीबाट मन्दिर निर्माण भएको छ । पिनामा महादेवको मन्दिर बनेसँगै आसपासका क्षेत्रसमेत धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया