आश्विन ३ का पूर्वदिनहरु भयंकर र डरलाग्दा देखिए, यसपालि । लासैलास, त्यसमा पनि साना उमेरका दर्जनौँ शवहरुका बीच दिन गुजारिएका छन् । एक दशकअगाडिको आश्विन ३ पछिका दिनहरुपनि कम डरलाग्दा थिएनन् । ब्ल्याक आउटदेखि लामो समय भात–भान्छा र दिनचर्या कमजोर, तीव्र कमजोर भएकै दिनहरु बितेका थिए ।
नेपाली राजनीतिले शवको माग गर्न छोडेकै छैन, हरेक दिन औसत बाकसबन्दी १०शवहरु बोकिरहँदा पनि शवहरु पुगेको छैन । यसपालि एकै दिन भएको क्रूर, अमानवीय र बीभत्स हत्याका दिनहरु थिए यो आश्विनको पूर्वसन्ध्या, करिब एक हप्ताअगाडिका, शुरुमा २१ शव भनिए पनि यो पंक्ति तयार हँुदासम्म ६ दर्जनको हाराहारी छ, व्यापारी कम्प्लेक्सले पनि धेरै मान्छे खाएको रहेछ ।
लोभतन्त्रले ठडाइएका भ्यूटावरहरु मान्छे खानै बनाइएका हुन्, विमान चढ्ने नेपाली परदेश गइसके, पोखरा विमानस्थल उद्घाटनपछि नै दर्जनौं मान्छे निलेको थियो एयरपोर्टले । राजनीतिको भड्खालोमा जाकिएको देश यसैलाई संविधान दिवस भनेर मनाउँछ, मनायो । सुनका हात्तीहरु मनपराउने नेपाली राजनीति र यसलाई बोक्ने भद्दा चरित्रका राजनीतिकर्मीहरु सबैले नेपालीहरुको शिर झुकाइदिएका छन् ।
सिंहदरबार जल्दा कुन नेपाली नरोला र? नेतृत्वकै कारण जलेको त हो यो । भर्खरै राजनीतिको कोर्स करेक्सनको बाटो खुलेको छ, तर त्यो बाटोमा काँडाकुँडीहरु धेरै छन् । साह्रा संयन्त्र अधीनस्थ राजनीतिक ठेक्का तोडिएको अवस्था छैन, मूल शिर छेदन हुँदा रावण ढलेको थिएन, उल्टो जब्बर भएको थियो ।
आश्विन३ त्यही दिनको प्रभावले हो आजको सिंहदरबार ढलेको, हजारौँ हजार संयन्त्रहरु ध्वस्त भएका, सरकारी मेसिनरीहरु उठ्नै नसक्नेगरी जलेका छन्, ढलेका छन्, कोमामा पुगेका छन्, सञ्जीवनीको शायदै सम्भावना होला अब । देश यति जर्जर होला भन्ने कसैले सोचेको थिएन । के सोचेको, भयो के ? हुँदैछ के ? अभैm शंकाको घेरामै छ, निकास आइसकेको छैन । देश छोड्नेहरुको लर्को घट्ला र अभैm कहाँ छ रोजगारी यहाँ । पापको घैला नराम्रो गरी फुटेको छ अहिले, ८० हजारको मदिरा कोठामा पाइने मन्त्रीहरु र सुनका किलो निल्नेहरुले देश ठेक्कापट्टामा लिँदा देश मूच्र्छित् भएको धेरै भइसकेको थियो तर आलोपालो गरी ढाकछोप गर्दै आए ।
पछिल्लोपल्ट जनताले नंग्याएपछि थाहा भयो करतुत, कस्तो र कति रहेछ भन्ने । जसले जे आगो ओकलेका थिए, कुरो सही रहेछ र तिनलाई उठ्नै नसक्ने गरी बन्द कोठामा राखेका तिनले । केही वर्षयतादेखि अभियन्ताहरु आगो ओकल्दै आएका कारण जनताले धेरै थाहा पाए र यसअघि सडकमा आएर नपुगेकाले एकैपल्ट ठूलो भीड निस्क्यो । राजनीतिका ठेकेदारहरु खण्डहर भए नै, पूरै देशलाई खण्डहरु बनाए र अभैm धुकधुकीमा खेल्दैछन् लाज पचेकाहरु । विदेशी संयन्त्रहरुले पनि सचेत गराएकै थिए, ट्रान्सपरेन्सीका नाममा, एम्नेस्टीका नाममा, सुशासनका सूचकहरु दिँदै आएका थिए ।
ग्रे लिस्टमा पनि राखेकै थिए, कति हदसम्म डिपोर्ट पनि गराएकै थिए र पनि सबै ढाकछोप गरिरहे । भुटानी शरणार्थीका नाममा ढाकछोप, ललिता, बाँसबारी, गिरीबन्धु, बालमन्दिर, हिल्टन, नक्सा अंकित केक, सेरा दरबार, सबैलाई रेललाई भैmँ घुम्टो ओढाइयो । सबै उदांगो भइसकेपछि नागरिकहरु उठेका हुन् अहिले । श्रीलंकामा चाँडै उठे, बँगलादेशमा छिट्टै उठे, यहाँ ढिलो उठे, तर उठे । समस्या के भने, हरेक १०वर्ष बढी कुनै प्रणाली टिकेन, राष्ट्र क्षतविक्षत छ अहिले । नयाँ आउनेहरुले बालुवाटारमा सातु लिएर गएका छन् ।
पहिले सुराही लिएर गएका थिए । पछि यस्तो दिन देख्न नपरोस् पूरै गेरु वस्त्र लिएर सिंहदरबार वा शीतलनिवास पस्नु नपरोस् । गेरु वस्त्र र साता दिनमा एकछाक खान्की खाएर, प्राण धानेर राज्य सञ्चालन गरेका थिए पुर्खाले, अहिलेको जस्तो सुनको सयर गरेका थिएनन् र देश पलाएको थियो पुर्खाको आशीर्वादले । अहिले पुर्खाको संस्कृति, धर्म, आशीर्वाद सबै बिर्सिएर उन्नत भोगीको राजा बनेर मान्छेपिच्छेका राजा सिर्जना गरी यो कोमल देशलाई धावा मात्र बोलेनन्, अस्मिता लुटे, खाइनसकेर बंकरभित्र हीरामोती राखे, विदेशी बैँकमा बढेको सिलिङ हेर्दा हुन्छ, स्वदेशको स्थिति र धन र मदिराको भण्डार त आन्दोलनले उजागर गरेकै छ ।
सिंहदरबारको शिर पतन हुने गरी आएको लोभतन्त्र र त्यसलाई निरन्तरता मात्र होइन बढावा दिने भाउजूहरुको नग्न चरित्र र तिनले देवरहरुलाई फन्दामा पारेको विषय आज आगोभैmँ बलिरहेको छ, जलिरहेको छ । बहत्तरले खाएको संरचना, बैसठीअघिले खाएको संरचना, छयालीसले खाएको संरचना र प्राकृतिक प्रकोपहरुले खाएको संरचना बिस्तारै तंग्रेला भन्ने आशा बोकेका नेपालीहरु अहिलेको संरचना उठाउन सक्छन् कि सक्दैनन्, शंका छ ।
तर राष्ट्रबैँकले धेरै खर्ब रकम जम्मा भएको छ, विप्रेषणबाट भन्दैछ, त्यो विप्रेषण अब जम्मा गरेर राख्ने नभएर देश बनाउन प्रयोग गर्ने हो । जनतासँग त पैसा छैन, महँगीको मारमा खर्लप्पै तिनको आयु नै लुटेको छ लोकतन्त्रले । हाम्रो देशको लोकतन्त्र पूर्णतः लोभतन्त्रमा परिणत भएकाले असह्य भई नेपालीले देश छोड्दै, भाग्दै गरेका हुन् । भाग्नु सजिलो थिएन । साढे ६ सय कस्ट प्राइसको संसारमै कमजोर भनिएको पासपोर्टलाई सत्रहजारमा बिक्री गर्ने अन्धो सरकार रह्यो, अहिले पेट्रोलियम पदार्थको कस्ट प्राइस कति हो र कतिमा बिक्री गरिएको छ ?त्यसले पनि स्पष्ट हुन्छ ।
राजदूत आफ्नै, भीसी पकेटको, सीईओहरु दलकै, उद्यमी–व्यापारीहरु दलभित्र, प्रशासन पूरै पकेटभित्र, सुरक्षाकर्मीहरु खल्तीभित्र, आईएनजीओ, एनजीओहरु आप्mनै चुसकहरुले सबै आप्mनोबाहेक बिरानोलाई हेरेनन्, कर्के नजरले पनि हेरेनन् ।यत्रा वर्ष कर्मचारी ऐन ल्याएनन्, न शिक्षा ऐन नै । संविधान चाँडै ल्यायो भने प्रणाली चाँडै ढल्छ भन्ने जानकारी पाएका यिनले वर्षौं लगाए, खर्बौँ लगाए ल्याउन र राजनीतिक व्यक्ति उत्पादन गरे, मान्छे निर्यात गर्दै, वस्तु आयात गर्दै व्यापारघाटा बढाए, मात्रै होइन तिर्न नसक्ने ऋण बढाए ।
त्यो ऋण मिनाहा गर्ने क्षमता अब यिनमा छैन, ऋणले किचिएको छ देश ।भन्सार राजस्व बढाएर सुनको डल्ला हजम गर्नेहरुले वस्तुको आयात बढाए ।यहाँको उत्पादन घटाउने गरी ठूला उद्यमी व्यापारीहरुलाई सत्तामा लगे । आज व्यापारी, घराना व्यापारीहरु पनि रुँदै होलान्, आप्mना अभिभावकको गोरु चुटाइ देखेर, साह्रा संरचना र सवारीहरु ध्वस्तभएको देखेर ।
भीडको आँखा हुन्न, तिनको केवल हात मात्रै हुन्छ । हातको जबर्जस्ती प्रयोग गदै कतिपय संरचना ध्वस्त पारे । यति मात्र होइन, ठूला भनाउँदाहरुलाई लछारपछार पारी भगाए । यतिसम्मको क्रुर व्यवहार नगरेको भए हुन्थ्यो । दया लाग्छ, तर दयाको आँसु नबगेर हर्षका अश्रु बगिरहेका छन् यतिखेर ।
यसपछि सन्नाटा छाइरह्यो । देश बेचबिखनमा परे, मान्छे काण्डहरु लुकाउन खप्पिस । यिनीहरुका सूची आम सर्वसाधारणसँग छ र के कसरी हिसाब माग्ने हुन्? त्यो बाँकी छ । जे–जति संयन्त्र बनाइए, करतुत लुकाउनैका लागि बनाइयो, सेटिङमा बनाइयो ।
कोटामा माथि को जानुपर्ने थियो, को गयो? समानुपातिकमा को जानुपथ्र्यो को गयो र यस्तै गिजोलिरहने संविधान बनाइएकाले अहिलेको निकास निकाल्ने संविधानको धारा पनि नपाएको र विदेशीहरुले लोकतान्त्रिक पद्धति भनेकाले सानातिना बाटा खोजेर सत्ता सारिएको छ, थाहा छैन यसमा मुद्दा जाला र पुराना अवशेषका कारण अहिलेका बुँदा त्रुटि पनि देख्ला । तर निकासको एउटा बाटो खुलेको छ, बाँकी बाटो खोल्न धेरै बाँकी नै छ । प्रदेशकोे औचित्य छैन, कार्यकारी प्रत्यक्ष पधानमन्त्रीको कुरो छ, विषय हेरी जनमत संग्रह गर्नुपर्ने कुरो छ ।
वैदिक सनातनी विश्वको एकमात्र चिनारी बोकेको देशमा वैदिक राज्यकै परिपालन गर्नु पनि वाञ्छनीय भई आम पब्लिकको मत लिन जरुरी छ, सांसद, मन्त्रीका योग्यता अनि सांसदको काम कानुन बनाउने हो, मन्त्री पड्काएर भ्रष्टाचार गर्नेे होइन । त्यो बुझाउन जरुरी छ । उमेर र समयको अवधि पनि तोक्नुपर्ने र स्वतन्त्र संवैधानिक आयोगविना नियुक्त हुनुहुन्न संवैधानिकमा, अरुमा पनि । अहिलेको जस्तै खिचडी जसले जति खाएर पनि नअघाउने प्रणालीको अन्त्य जरुरी छ ।
राहत दिन गएकाहरुले आहत दिएका, सर्वहाराको नेतृत्व गर्नेले बिताएको जीवनशैली, विधि–व्यवहार, रहनसहन र महँगा भोड्का र महँगा आलिशान महल अनि सवारीले स्पष्ट गर्छ कि आश्विन ३ भयावह दिन भन्नुपरेको ।
एकै नम्बर प्लेटमा एकातिर सरकारी, अर्कोतिर निजी नम्बर राखी राज्य दोहन गर्न सिपालुहरुले अरुलाई बिल तिरेको चिर्कटो दिए, वर्षौंसम्म स्मार्ट लाइसेन्स दिएनन् र फेरि भने इम्बोस्ड नम्बर, चिट काट्दै सडकमा खुलेयाम पैसा लुटे, महँगी बढाए, उपभोक्ता लुटे मात्रै होइन, सिंगो देशको अस्मितामा धावा बोलेर संस्कृति पूरै मर्ने गरी नेस्नल आईडी भनेर मान्छेहरुलाई चरम दुःख दिए ।
सुन्दै सुएिन, हजारौँ आलोचना गरियो, आलेख तयार भए तर अहँ घैँटामा घामै लागेन । अब कसरी आश्विन ३ मनाउँदै छन् ? अर्को संविधान जरुरी छ, नितान्त नौलो र नेपाली आपैmँले बनाउनुपर्ने संविधान । धर्मको देश हो यो, नेपालीले बनाएको संविधानले धर्म छोड्दैन, विधर्मी पनि हुन्न । जनकको राज्य भएको देश हो यो, नेमुनिले विरुपाक्षको पाप धोएको देश हो यो, कला र धर्म–संस्कृतिको धरोहर हो वेदको देश, वेद विश्वकै संविधान हो, वेदलाई कुल्चिएकाले आज वेदले पनि बिर्सेको अवस्था छ । जहाँ वेद हुन्न, त्यहाँ देव बस्दैन, अभैm देउता छ, विश्वास गर्नेका लागि । असीहजारको भोड्का पिउनेका लागि देव र वेदको ख्यालै कहाँ हुन्छ र ? अहिलेलाई अस्तु आश्विन ३को सन्दर्भमा मनको बह ।











प्रतिक्रिया