काठमाडौ ।
मुस्ताङ भन्सार कार्यालय न्हेचुङले तीन दिनमा ९ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
चीनको उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि त्यहाँबाट आयात भएका विद्युतीय गाडीहरूबाट यो राजस्व संकलन गरिएको हो।
११ दिन अघि सञ्चालनमा आएको कोरला नाकाबाट हालसम्म १६१ वटा विद्युतीय गाडी ल्याउन ८५ कन्टेनर नेपाल भित्रिएकोमा ४५ कन्टेनरको भन्सार प्रक्रिया पूरा भइसकेको छ।
साथै, नेपाली वस्तु चीन पठाउन दुई गाडीको भन्सार पास भइसकेको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो।











प्रतिक्रिया