सिंहदरबारमा जलेका गाडी संसद परिसरमा जम्मा, चाँडै लिलामी हुने


काठमाडौं ।

आन्दोलनका क्रममा सिंहदरबारभित्र जलेका सवारी साधनहरु नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा जम्मा गर्न थालिएको छ ।

सिंहदरबारभित्र जलेका गाडीहरु बुधबारदेखि जम्मा गर्न थालिएको हो । ती गाडीको छिट्टै कवाडमा लिलाम गर्ने जनाइएको छ ।